गायिका आस्था राउतविरुद्ध मुद्दा दर्ता, पक्राउको तयारी
आइतबार, ०५ माघ २०७६, १२ : ४०
गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ ।
बुधबार त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचको क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले प्रहरीलाई जथाभावी गालीगलौज गरेको आरोपमा राउतविरुद्ध पीडित भनिएकी महिलाले प्रहरीले अभद्र व्यवहार उजुरी दिएपछि मुद्दा दर्ता गरेको जानकारी दिए ।
एसएसपी सुवेदीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । पुर्जी जारी भएलगत्तै राउतलाई पक्राउ गरिने एसएसपी सुवेदीले बताए ।
बुधबार काठमाडौंबाट भद्रपुर विमानस्थल जाने क्रममा महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै गायिका राउतले फेसबुक लाइभमार्फत प्रहरीलाई गाली गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत