शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्नाटकालीन पतौरा शिव मन्दिरको बेलायती पुरातत्त्वविद्‍द्वारा अध्ययन सुरु

आइतबार, ०५ माघ २०७६, १४ : ४७
आइतबार, ०५ माघ २०७६

रौतहट । रौतहटको मौलापुर नगरपालिकास्थित पतौरामा उत्खननको क्रममा फेला परेको कर्नाटकालीन शिव मन्दिरको बेलायती विरातत्त्वविद्हरुले स्थलगत अध्ययन थालेका छन् । 

बेलायती पुरातत्त्वविद् रिकी वैलिस र एलिक नौएलरको संयुक्त टोलीले विभिन्न उपकरण सहित मन्दिरको अध्ययन अनुन्ंधान थालेको हो । 

टोलीले जमिनमुनि दुई मिटरसम्मको पुरातात्त्विक एक्सरे गर्न सक्ने मेसिनको सहायतामा अध्ययन थालेको मौलापुर नगरप्रमुख रिना कुमारी साहले बताइन् । अध्ययनबाट मन्दिरबारे थप तथ्य खुल्ने विस्वास लिइएको छ । 
राजदेवी नगरपालिका ५ मुडवलवाका राजकिशोर यादवको नाममा रहेको उक्त जग्गामा तत्कालीन माओवादी द्वन्द्वकालमा सामान्य उत्खनन गर्दा पुरानो ईँटा फेला परेको थियो भने पछि खन्दैजाँदा जमिनमुनि मन्दिरको संरचना भेटिएको थियो ।

स्थानीय चुनावबाट जनप्रतिनिधि चुनाएपछि मौलापुर नगरपालिकाले मन्दिरको आधिकारिकता पुष्टिका लागि विभिन्न पुरातत्त्वविद्सित समन्वय गरी अध्ययन थालेको हो । 

यसअघि वरिष्ठ पुरातत्त्वविद्को टोलीले शिव मन्दिरको उत्खनन् तथा संरक्षण गर्ने काम गरेको थियो । अध्ययनको क्रममा प्रारम्भिक नतिजाले मन्दिरको संरचना कर्णाटकालीन भएको देखिएको मौलापुर नगरपालिकाका प्रशासकीय अधिकृत सिकिन्दर साहले बताएका छन् ।

मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको छ ।

रौतहटको इशनाथ मन्दिर (स्थापना १११४ वि.सं.) को तुलनामा पतौराको शिव मन्दिर अझ पुरानो भएको हुन सक्ने बिज्ञहरुको अनुमान रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप