मापसेको मातः कौशलटार चोकमा मध्यरातमा गयो ज्यान
भक्तपुर । मादक पर्दाथ सेवन गरेर मोटरसाइकल चलाउँदा भक्तपुरमा एकको मृत्यु भएको छ भने एक सख्त घाइते भएका छन् । मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा आइतबार मध्यरातमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको हो ।
गएराती करिब १२ बजे काठमाडौंबाट भक्तपुरतर्फ आइरहेको प्रदेश नम्बर ३–०२–००२ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख डीएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
उक्त दुर्घटना संखुवासभा जिल्ला चैनपुर गाउँपालिका घर हाल मध्यपुरथिमि बस्दै आएका ३५ वर्षका सतेन्द्र लिम्बुको नागरिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । झापा घर भई हाल थिमि बस्दै आएका मोटरसाइलमा सवार गम्भीर घाइते ५३ वर्षीय वासुदेव खरेलको नागरिक अस्पतालमा उपचार भइरहेको छ । खरेलको दाहिने खुट्टा भाँचिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अत्याधिक मादक पर्दाथ सेवन गरेका लिम्बुले चलाएको मोटरसाइकलले कौशलटार चोकमा रहेको प्रहरीको आइल्याण्डलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार