शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर १ को मन्त्रिपरिषद् विस्तार : थपिए चार राज्यमन्त्री

आइतबार, ०५ माघ २०७६, १६ : ०१
आइतबार, ०५ माघ २०७६

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना राज्यमन्त्री थप गरेका हुन् । 

थपिएका राज्यमन्त्रीहरुमा ओखलढुङ्गाका अम्बिरबाबु गुरुङ, इलामका रामवहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास रहेका छन् । 

गुरुङलाई भौतिक पूर्वाधार, गजमेरलाई सामाजिक विकास, मगरलाई कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्मन्त्रीको जिम्मेवारी दिइएको छ । 

योसँगै प्रदेश एकको मन्त्रिपरिषद् सदस्य संख्या ९ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप