शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सानिमा बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता

आइतबार, ०५ माघ २०७६, १६ : १७
आइतबार, ०५ माघ २०७६

काठमाडौं– सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता बमोजिम सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा ७.५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप