शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन: प्रदेश नं ५ मा ३०५ मतदाता

आइतबार, ०५ माघ २०७६, १८ : ०२
आइतबार, ०५ माघ २०७६

दाङ । जिल्ला निर्वाचन कार्यालय दाङले प्रदेश नं ५ मा यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा तीन पदका लागि ३०५ जना मतदाता रहेको जानकारी दिएको छ । कार्यालयले आज घोराहीमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाजलगायत सरोकारवालासँग निर्वाचनका बारेमा जानकारी दिएको हो । 

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले प्रदेशसभा सदस्य ८७ र स्थानीय तह प्रमुख र उपप्रमुख गरी २१८ मतदाता रहेको जानकारी दिए ।

उनका अनुसार निर्वाचनमा प्रदेशसभा ८७ सदस्यको ४१७६ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुख २१८ जनाको ३९२४ रहेको छ । राष्ट्रिय सभाको निर्वाचनका लागि दाङमा दुई मतदान केन्द्र स्थापना गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप