शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एपीएफ र आर्मी सेमिफाइनलमा

आइतबार, ०५ माघ २०७६, १८ : ४२
आइतबार, ०५ माघ २०७६

काठमाडौं । विभागीय टोली एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । 
राखेप कभर्डहलमा आइतबार भएको समूह ‘ए’ को खेलमा एपीएफ क्लबले भरतपुर मेट्रो खेलकुद परिषद् (बीएमसी) लाई ३–० को सेटमा हरायो । एपीएफले बीएमसीलाई २५–११, २५–१२, २५–१६ ले पछि पारेको थियो । आर्मीले जाउलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो ।
 आर्मीले २५–११, २५–५, २५–११ के जित निकालेको थियो । च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्ट्स क्लब समूह ‘डी’ मा पहिलो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हेल्प नेपाल स्पोर्ट्सले पहिलो जित निकाल्ने क्रममा बुद्ध टोल युवा भलिबल क्लबलाई २५–१०, २५–१५, २५–११ ले पराजित गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप