शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नगरकोटका ४६ होटल खान बस्न योग्य

आइतबार, ०५ माघ २०७६, २० : ०३
आइतबार, ०५ माघ २०७६

काठमाडौं । पर्यटकीय नगरी नगरकोटका ४६ वटा होटल तथा रेष्टुरेन्टहरु खान बस्नका लागि योग्य रहेको पाइएको छ । नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा गुण नियन्त्रण कार्यालहरुको अनुगमनले यस्तो देखाएको हो । 

गत शनिबार काठमाडौं र धुलिखेलको संयुक्त आयोजनामा पर्यटकीय स्थल नगरकोटस्थित चाँगुनारायण न.पा ६ र मण्डनदेउपुर न.पा वडा नं. २ मा सञ्चालित होटल तथा रेष्टुरेन्टमा विभागले अनुगमन गरेको थियो । 
उक्त अनुगमनका क्रममा सो क्षेत्रमा सञ्चालित ४६ वटा होटल तथा रेष्टुरेन्टहरु गुणस्तरीय (खान वस्न योग्य ) रहेको पाइएको विभागले जनाएको छ । सोही अवसरमा ती होटल तथा रेष्टुरेन्टहरुलाई विभागले स्तरीकरण तथा लोगो समेत वितरण गरेको छ । 

भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्न र होटल रेष्टुरेन्ट क्षेत्रलाई व्यवस्थि गर्न यस्तो अनुगमन गरिएको विभागले जनाएको छ ।  स्तरीयकरणमा तीनवटा तीन तारे होटल, दुई तारे दुईवटा र २० वटा एक तारेलाई हरियो स्टिकर र बाँकी २१ वटा सामान्य होटल तथा रेष्टुरेन्टहरु रहेकोमा ती होटलहरुलाई विभागले पहेलो स्टिकर प्रदान गरेको छ ।

स्तरीकरणमा निम्न होटल तथा रेष्टुरेन्टहरु परेका छन् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप