शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा मुद्दा दायर

आइतबार, ०५ माघ २०७६, २१ : ५६
आइतबार, ०५ माघ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा अनियमितता गरेको अभियोगमा बागचौर नगरपालिका सलयानका तत्कालीन सबइञ्जिनीयर सहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नेपाल सरकारलाई गैरकानूनीरुपमा हानि पु¥याइ मापदण्डविपरीत काम गरेको पाइएपछि सवइञ्जिनीयर थमन योगी, असिस्टेन्ट सवइञ्जिनीयर तोरणबहादुर विष्टलाई रु ७७ हजार ७७५ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । 

    आयोगले सडक निर्माण आयोजनाका अध्यक्ष डिम्बरबहादुर कामी, कोषाध्यक्ष कर्णबहादुर विक तथा सचिव अनिता विकविरुद्ध समेत समान बिगो कायम गरी मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले विष्णुपुर सशस्त्र प्रहरी बेसक्याम्प रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दारविरुद्ध मुद्दा दायर गरेको छ । घरायसी मालसामान आयातमा सहज गरिदिने भन्दै हवल्दार चौधरीले सेवाग्राहीसँग रु छ हजार घुस लिएको अभियोग लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप