शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभामा वातावरण विधेयक पेश

आइतबार, ०५ माघ २०७६, २३ : २७
आइतबार, ०५ माघ २०७६

कास्की । गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण गर्न बनेको विधेयक २०७६ प्रदेशसभाको आजको बैठकमा पेश गरेको छ । उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फबाट सो विधेयक पेश गरेका हुन् ।

प्रदेशभित्रको वातावरण स्वच्छ, सफा र संरक्षण गर्ने लक्ष्यका साथ मन्त्रिपरिषद् बैठकले तयार गरेको सो विधेयक  प्रदेशसभामा पेश गर्ने निर्णय गरेको थियो । विधेयक पेश गर्नुअघि बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरु दीपक कोइराला, हरिशरण आचार्य, मणिभद्र शर्मा, भागवतप्रकाश मल्ल, चिन्ताबहादुर घले, कुष्णबहादुर थापा, राजिव पहारीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले यसअघिका बैठकमा भएका शून्य तथा विशेष समयमा सभासदस्यले उठाएका विभिन्न विषयहरुको जवाफ दिँदै समृद्धि र विकासका लागि सबैको सहयोग हुनुपर्ने आवश्यकता औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप