कालीगण्डकीमा रोमाञ्चकारी जलयात्राको मज्जा लिने कि ?
पाल्पामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटन महोत्सव हुने भएको छ । नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनका अगामी फागुनको २४ गतेदेखि महोत्सव आयोजना गरिने रामपुर नगरपालिकाका नगरप्रमुख अध्यक्ष रमणबहादुर थापाले जानकारी दिए ।
कालीगण्डकी नदीमा जलयात्रा, रामपुर बाहुनडाँडाबाट प्याराग्लाइडिङ, जातजाति तथा रहनसहनमा आधारित विभिन्न सांस्कृतिक झाँकी प्रर्र्दशन महोत्सवमा आकर्षक रहने छ ।
विभिन्न गाउँपालिकासँग समन्वय गरेर प्रचारप्रसारको काम तीव्र पारिने प्रचारप्रसार समिति संयोजक बुद्धिप्रकाश रेग्मीले जानकारी दिए ।
पोखराका केही होटल व्यवसायीसँग समन्वय गरी पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई पाल्पाको रामपुरसम्म ल्याउने प्रबन्ध मिलाइने समितिले जानकारी दिएको छ ।
जिल्लाको १० वटै स्थानीय तह र नेपाली सेना गोरखदल गणको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विजय दौड पाल्पा २०७६ हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा