शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्मीलाई स्पस्ट अग्रताको अवसर

सोमबार, ०६ माघ २०७६, १० : १३
सोमबार, ०६ माघ २०७६

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार) शीर्ष टोली त्रिभुवन आर्मी र च्यासल  युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा ३ः०० बजे हुने सातौं चरणको अन्तिम यस खेलमा स्पस्ट जित निकालेमा आर्मीले शीर्ष स्थानमा तीन अंकको अग्रता लिने छ ।

अघिल्लो खेलमा संकटासँग रोकिदा आर्मीको त्यो अवसर गुमेको थियो । यद्यपी सातौं चरणका अन्य खेलमा अरु बलिया टोलीले समेत सोचे अनुसार खेल्न नसक्दा आर्मीलाई फेरि मौका जुरेको हो । यस लिगमा शारिरिक र प्राविधिक रुपले आर्मी बलियो देखिएको छ । नवयुग श्रेष्ठ, भरत खवास, जर्ज प्रिन्स कार्की जस्ता स्टार खेलाडीको साथ पाएको आर्मीको योजना च्यासललाई जसरी पनि हराउनु रहेको छ ।

यसैगरी अनुभवी खेलाडी सन्तोष साहुखलको कप्तानीमा रहेको च्यासल पनि सन्तुलित छ । जापानी र घरेलु फुटबलका राम्रा खेलाडीको साथ पाएको च्यासल आर्मीलाई कडा चुनौती दिन तयार छ । यसअघि ६ खेलबाट १३ अंक बनाएको आर्मी अहिल पनि शीर्ष स्थानमा छ । आर्मीसँगै दोस्रो र तेस्रो स्थानमा रहेका मच्छिन्द्र र मनाङले पनि समान १३ अंक बनाएका छन् । त्यसैले एक्लो अग्रता लिन आर्मीलाई च्यासलविरुद्धको खेलमा जित या बराबर आवश्यक छ । बीचका खेलमा लय गुमाएको च्यासल ६ अंक सहित तालिकाको १२औं स्थानमा छ ।

एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबारनै संकटा र ब्रिगेड ब्वाईज क्लबबीच अर्को प्रतिस्पर्धा हुनेछ । संकटा र ब्रिगेड दुवै टोली जित निकाल्दै अंक तालिकामा सुधार गर्ने योजनामा छन् । संकटा आठ अंक सहित तालिकाको आठौं स्थानमा छ । सात अंक बनाएको ब्रिगेड १०औं स्थानमा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप