शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङलाई आयल निगमको ऐतिहासिक प्रायोजन

सोमबार, ०६ माघ २०७६, १३ : १५
सोमबार, ०६ माघ २०७६

काठमाडौं । नेपालको ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दीलाई नेपाल आयल निगमले ऐतिहासिक प्रायोजन गरेको छ । निगमले स्वर्णजयन्ती (स्थापनाको ५०औं बर्ष) को अवसरमा मनाङको फुटबल खेल विकासमा ३५ लाख रुपैयाँ प्रायोजन सहयोग गरेको हो ।

मनाङ र निगमबीच सोमबार प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्तक्षर भएको छ । निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेल र मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एकबर्षको लागि गरिएको हो । सम्झौता अनुसार मनाङले आफ्नो नामको अगाडी आयन निगमको नाम राखेर फुटबल खेल्नेछ ।

नेपाली क्लब फुटबलमा मनाङले पाएको यो अहिले सम्मकै ठूलो प्रायोजन सहयोग हो । यसअघि अन्य क्लबले २५ लाख रुपैयाँ प्रायोजन पाएका थिए । निगमले सामाजिक उत्तर दायित्व अन्तर्गत देशकै प्रतिष्ठित क्लब मनाङलाई सहयोग गरेको निगमका प्रमुख पौडेलले बताए । 

उनले आगामी दिनमा खेलकुदका अन्य गतिविधिमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । ३८ बर्ष अघि स्थापना भएको मनाङ नेपाली फुटबलकै चर्चित र सफल क्लब हो । 

मनाङले अहिले सम्म सर्वाधिक आठ पटक शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । यसपटकको जारी लिगमा पनि मनाङ १३ अंक सहित उपाधिको दौडमा रहेको छ । देशकै प्रतिष्ठित कम्पनीसँगको सहकार्यले क्लबलाई उत्साहित बनाएको मनाङका अध्यक्ष गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप