केन्द्रीय संस्करण
बालकथा

मलाई सपना देख्न मनपर्छ

person explore access_timeमाघ ६, २०७६ chat_bubble_outline0

 

छन तानयेन

म सात वर्षको भएँ । म सधैँ बेलुका टिभी. मा समाचार कार्यक्रम हेरेर सुत्न जान्छु । मेरो आफ्नो सानो पलङ छ । हजुरआमाको ठूलो पलङसित जोडिने गरी राखिएको मेरो पलङ झ्यालको नजिकै छ ।

म जब पलङमा लेट्छु आँखा केही बेरसम्म खुला नै रहन्छन् । हजुरआमाले ठीकसित नतान्नु भएको झ्यालको पर्दाको बीचमा एउटा छिद्र रहेको हुन्छ । म त्यसबाट बाहिर कालो आकासको एउटा लामो खण्ड देख्छु । त्यहाँ ताराहरु देखिन्छन् । ती ताराहरु साह्रैसाह्रै टाढा छन् । बिस्तारै बिस्तारै टिमटिमाइरहेका छन् । रेलको सिंगनल जस्तै ती ताराहरु हेर्दा मलाई लाग्छ अब म सपना देख्छु । विपनामा पाउँनै नसकिएका कुरा पनि सपनामा पाउन सकिन्छ । सपना त उज्यालो दिनभन्दा पनि रमाइलो हुन्छ ।

एक पटक मैले सपना देखेँ म आफ्नो झोला लिएर परीक्षामा बस्न गइरहेको थिएँ । त्यति बेला मेरो स्कुलमा पहिलो कक्षाको परीक्षा हुनेवाला थियो । परीक्षा पनि विचित्रको थियो । एउटा साँघुरो गल्लीको छेउमा गएर प्रश्नपत्र लिनुपर्ने थियो । प्रश्नपत्रलाई गोल गोल किस्तीले ढाकेको थियो । हामीले कक्षाकोठा पुगेपछि मात्र किस्ती उठाएर प्रश्नपत्र हेर्ने अनुमति थियो ।  हामी गल्लीमा अगाडि बढ्दै गयौँ । गल्ली अति नै साँगुरो थियो । दुईतिरका भित्ताहरु खैरो रङका थिए । भित्ताका कुना कुनामा प्लास्टर उप्कँदै गएका थिए र त्यहाँबाट एकाध राता इँटाहरु बाहिर हेरिरहेका देखिन्थे । हामी अगाडि बढ्दै गयौँ । तर पनि गल्लीको छेउ देखिएन । मैले त्यति लामो गल्ली र त्यति धेरै केटाकेटीको लर्को विपनामा कहिल्यै देखेको थिइनँ ।

मैले एक पटक यस्तो सपना पनि देखेको थिएँ । हाम्रो घर एउटा थुम्कोजस्तो अग्लो ठाँउमा थियो । एकाएक कसैले मलाई भन्यो, ‘तिम्रो बाबा घर आउनु भएको छ ।’ मेरो बाबा नाबिक कप्तान हुनु हुन्थ्यो । उहाँसित मेरो वर्षमा बल्लबल्ल भेट हुन्थ्यो । हजुरआमा भन्नुहुन्थ्यो, ‘म एक वर्षको भएपछि बल्ल मैले पहिलो पटक बाबालाइ देखेको थिएँ ।’ तर पनि मलाई बाबाले धेरै माया लाग्दथ्यो । अघिल्लो पटक घर आउँदा बाबाले मलाई तकिया जत्रै माछा ल्याइदिनु भएको थियो । सुकेको माछा । त्यो माछा बाबाले कराँचीमा समात्नु भएको थियो । 

बाबा धेरै अग्लो हुनुहुन्थ्यो । कतिसम्म अग्लो भने मैले बाबालाई हेर्नु पर्दा टोपी खस्ने गरी आकासतिर फर्कनु पर्दथ्यो । बाबा मेरा लागि बडो ठूलो मान्छे हुनुहुन्थ्यो । बाबाले नै मलाई पढ्न भनेर परीकथाहरुको एउटा चिटिक्क परेको पुस्तक ल्याइदिनु भएको थियो । कथाहरु जति पढ्यो उति पढूँ पढूँ लाग्ने राम्रा र रमाइला थिए ।

त्यस दिन सपनामा मैले देखें बाबा घर आउँदै हुनुहुन्छ,बाबाले स्वागत गर्न म सिंढीबाट ओर्लदै छु । सिंढी हजुरआमाको घर जस्तै लामो छ । म सिंढीमा भकुण्डो जस्तै गरी उफ्रँदै गुड्दै र उड्दै झरिरहेको छु । आफूले ताके ताकेको सिढिंमा पुगिरहेको छु । बडो मजा आएको छ । शायद चरा पनि यसरी नै उड्छ ।

घर अगाडि एउटा अग्लो रुखमुनि बाबाको रंगीन सुटकेस र ब्रिफकेस राखेको थियो । त्यहाँ बाक्साहरु पनि थिए । तिनमा राताराता स्याउ चित्रित थिए । चित्र गनिसाध्यै थिएनन् । ती चित्रमा सबै साँच्चिकै स्याउ नै थिए र बाबाले ल्याउनुभएका स्याउ थिए । साह्रै मीठा स्वादिला थिए । बाबा चाहिँ त्यतै कतै उभिइरहेको हुनु हुन्थ्यो तर अदृश्य । हेर्दा देख्न नसकिने । मैले आँखा घुमाएर चारैतिर हेरें । देखिनँ । सपनामा अर्को अनौठो के थियो भने म त्यहाँ म न आफू बोल्न सक्थें न अरुका कुरा सुन्न सक्थें । अरुलाई केही भन्नु छ भने त्यो कसरी कसरी मेरो मनमा आउँथ्यो उसको मनमा जान्थ्यो  । वास्तवमा म केही भनिरहेको र सुनिरहेको पनि हुन्न थिएँ । पुराणका मौनव्रती ऋषिमुनिहरुजस्तै ।

त्यत्तिकैमा अचानक मलाई थाहा भयो मेरो बाबा त्यही रुख पो  हुनुहुँदो रहेछ । रुखको बोक्रा निलो थियो । बाबाको बर्दी जस्तै । रुखमा पात थिएन । जहाँ जहाँ पात हुनुपथ्र्यो त्यहाँ त्यहाँ विभिन्न सामान र चिजबिजहरु फलेका थिए । चक्कु,विदेशी चकलेट,बुट्टा भरेका जोर चप्पल,पारदर्शी प्लाष्टिक व्याग,रातो रङ्ंगको मिठाइ टन्नै,अनि टपकक टिपेर कोपरिहालूँजस्ता राता रसिला स्याउहरु । हाम्रो घरको हाँडी जत्रै टिनको बट्टामा बन्द दुध पाउडर,जुस पाउडर । अहा कस्तो विचित्र ! हामीले हेर्दाहेर्दै रुखबाट ती चीजहरु खत्रक् खत्रक् गर्दै तल जमिनमा खस्न थाले । कुनै कुनै चीजले त खस्दा मेरो जिउमा लागेर घाउ पनि पार्‍यो । मलाई गहिरोसित दुख्यो ।


अचानक मलाई थाहा भयो मेरो बाबा त्यही रुख पो  हुनुहुँदो रहेछ । रुखको बोक्रा निलो थियो । बाबाको बर्दी जस्तै । रुखमा पात थिएन । जहाँ जहाँ पात हुनुपथ्र्यो त्यहाँ त्यहाँ विभिन्न सामान र चिजबिजहरु फलेका थिए । चक्कु, विदेशी चकलेट, बुट्टा भरेका जोर चप्पल, पारदर्शी प्लाष्टिक व्याग, रातो रङ्ंगको मिठाइ टन्नै, अनि टपकक टिपेर कोपरिहालूँजस्ता राता रसिला स्याउहरु ।


त्यो बडेमानको बाबारुख कुखुराले प्वाँख हल्लाएर फड्कारे जस्तै कतिबेरसम्म फटटट्ट फट्कारिँदै हल्लिइरह्यो । आफ्नो शरीरबाट सबै चीज जमिनमा झारेर यत्रतत्र छरिदियो । रुखबाट झरेर छरिएका ती चीजहरु एकै पटक बटुल्न सकिने अवस्थामा थिएनन् ।

एकचोटी मैले बडो डर लाग्दो सपाना देखें । स्कुलमा मध्यान्तर भएको थियो । साथीहरुसँग बसेर बुध्दिचाल खेलिरहेको थिएँ । मुलुकमा लडाइँ सुरु भयो भन्ने खबर आयो । म हत्तपत्त उठेर घरतिर दगुर्न थालें । घर पुगेर हजुरबाबा हजुर आमालाई सघाउनु थियो । हजुरबाबा धेरै नै बुढो हुनुहुथ्यो । वहाँ आफ्नो घरको नम्बर बिर्सनु हुन्थ्यो । कहिले त आफ्नो घरै पनि बिर्सनुहुन्थ्यो । हजुरबाबाले आफ्नो घरै विर्सनु भयो भने हामी कहाँ जाने ?कहाँ बस्ने ?म हतारिएर घरतिर दगुर्दै थिएँ,आकाशमा एउटा बाटुलो उडन तस्तरी देखियो । तस्तरी पारदर्शी थियो । त्यहाँभित्र एउटा मानिस थियो । ऊ हरियो सैनिक बर्दी लगएको एक विदेशी मfनिस थियो । उसले मलाई देख्यो र नराम्रो नियतले मुस्कुरायो । मैले मुस्कुराइको अर्थ बुझेँ । ऊ मलाई भन्दे थियो, ‘हो म तँलाई मार्न आएको हूँ । मारेरै छोड्छु ।Ú

म हतार हतार दगुरेर एउटा घरभित्र पसेँ । घर मालिकसित भनँ मलाई बचाउनुहोस् । दुश्मनहरु मेरो पिछा गर्दैछन् !

झ्यालबाहिर पूरा आकाश रातो भएको थियो । आकाशमा थुप्रै चराहरु उडेजस्तै गरी विमानै विमान उडिरहेका थिए । घर मालिकले तैं मलाई एउटा आलमारीमा लुकाइदियो । आलमारीभित्र अनगिन्ती खण्डहरु थिए । तख्ताहरु थिए त्यहाँ मोटा र लामा ओभर कोटहरु झुण्ड्याइएका थिए । म पहिले एउटा खण्डलाई अर्कातिर खस्काएर भित्री कुनामा लुकेँ । ओभर कोटले टाउकोदेखि पैतालासम्म छोपेँ । मलाई गजवको उकुसमुकुस भयो । तर पनि ज्यान बच्यो भन्नेमा हृदय कमलपोखरीको कमलजस्तै गरी फक्रिएको थियो ।


घर मालिकले तैं मलाई एउटा आलमारीमा लुकाइदियो । आलमारीभित्र अनगिन्ती खण्डहरु थिए । तख्ताहरु थिए त्यहाँ मोटा र लामा ओभर कोटहरु झुण्ड्याइएका थिए । म पहिले एउटा खण्डलाई अर्कातिर खस्काएर भित्री कुनामा लुकेँ । ओभर कोटले टाउकोदेखि पैतालासम्म छोपेँ । मलाई गजवको उकुसमुकुस भयो । तर पनि ज्यान बच्यो भन्नेमा हृदय कमलपोखरीको कमलजस्तै गरी फक्रिएको थियो ।


यत्तिकैमा त्यो आलमारी एक्कासी एउटा कोठामा बदलियो । कोठा सिसैसिसाको पारदर्शी थियो । मैले देखेँ मेरो पिछा गर्दै उडेको विमान अहिले त्यहीँ कोठा बाहिर अवतरण गर्दै थियो । विमानभित्र बसेको विदेशीको अनुहारमा कुखुराको पुच्छरजस्तै सुनौला कपाल उम्रेका थिए । नाक अग्लो थियो । मैले वरिपरी हेरें भाग्ने कुनै बाटो थिएन । मलाई कतिसम्म डर लाग्यो भने त्यसै डरको कारण मेरो निन्द्रा भाँचियो ।

ब्यूभँदा म पलङमा लम्पसार सुतिरहेको थिएँ । कति बेरसम्म त बोल्ने आँटसम्म पनि आएन । हजुर आमा पल्लो पलङमा स्वाँ फ्वाँ गरेर गहिरो निद्रामा सुतिरहनु भएको थियो । सास लिएको र छोडेको आवाज स्पष्ट सुनिन्थ्यो । झ्यालका पर्दा झरिरहेका थिए । कोठा अँध्यारो र तातो थियो । मैले मनमनै सोचेँ ठीक भयो तै तै सपनामा नै भएको रहेछ ,होस् म फेरी सुतिहाल्छु क्यारे !

एक पटक मैले अति नै रोचक सपना पनि देखेँ । मैले आजसम्म देखेका सपनामध्ये त्यो सपना साँच्चिकै आनन्दय थियो । सपनामा मैले देखेँ हाम्रो नाङ्गो आँगनमा हेर्दा हेर्दै एक एक गरेर बिरुवाहरु उम्रे बढे र हल्का रातो रङ्गका फूलहरुको झाडी नै बन्यो ।

मलाइ ती फूलहरुको नाम थाहा थिएन । कति फूलका पात मेरो गन्जी जस्तै थिए । तिनको रङ्ग पनि हलुका रातो नै थियो । म झ्यालबाट तलतिर हेरिरहेको थिएँ । ती फूलपातहरु माथितिर उक्लेर आउँदै थिए । एकै छिनमा दोस्रो तल्लासम्म आइपुगे । हल्का रातो रंगका फूलहरुको बाढी लगातार माथि माथि उर्लेर आइरहेको थियो । फूलको त्यो बाढी छैठौंतलाको मेरो झ्यालसम्म आइपुग्यो । अब म हात तन्काएर ती फूलहरुलाई छुन सक्ने भएँ । फूल अति नै कोमल थिए नयाँ र चिप्लो चिप्लो रेसमी कपडाजस्तै ।


मेरो फूपूले यो सबै कल्पना हो, कथा हो भन्नु भयो । सपनाको कुनै रङ्गै हुँदैन, सपना त रङ्गहीन हुन्छ । उहाँले फेरि भन्नु भयो सपना श्यामश्वेत मात्र हुन्छ, रङ्गीन हुँदै हुँदैन । मैले सबै कुरा साँचो साँचो भनेको हुँ कथेर भनेको हैन कति पटक स्पष्टीकरण दिएँ । फूपूले मान्नु भएन । अरुलाई उल्लु बनाउन सबै कुरा तिमी आफैले रचेको हो भन्नु भयो । मलाइ धेरै रिस उठ्यो, म भुईँमा थ्याच्च बसेर अलापलिाप गर्न थाले ।


मेरो फूपूले यो सबै कल्पना हो,कथा हो भन्नु भयो । सपनाको कुनै रङ्गै हुँदैन,सपना त रङ्गहीन हुन्छ । उहाँलेक़ फेरि भन्नु भयो सपना श्यामश्वेत मात्र हुन्छ,रङ्गीन हुँदै हुँदैन । मैले सबै कुरा साँचो साँचो भनेको हुँ कथेर भनेको हैन कति पटक स्पष्टीकरण दिएँ । फूपूले मान्नु भएन । अरुलाई उल्लु बनाउन सबै कुरा तिमी आफैले रचेको हो भन्नु भयो । मलाइ धेरै रिस उठ्यो,म भुईँमा थ्याच्च बसेर अलापलिाप गर्न थाले । मेरो आवाज सुनेर कोठामा हजुरआमा आइपुग्नु भयो । हजुर आमाले फूपूलाई खुव हप्काउनु भयो । मेरो रिस तै पनि मरेन । फूपूको भनाइ वास्तवमा चित्त दुखाउने खालकै थियो,चोट पार्ने खालकै थियो ।

पछि फूपाजु पनि आइपुग्नु भयो । उहाँले भन्नुभयो – ‘सपना रंङ्गीन हुन्छ,किन हुँदैन ?रंगीन सपना देख्ने बालक सम्भवत: सफल चित्रकार बन्छ ।’ हो,चित्रकारहरुले देख्ने सपना साँच्चै रङ्गीन हुन्छ । मलाई फुपाजुको कुरा चित्त बुझ्यो ।

म रुन छोडेँ । त्यसपछि म फूपाजुसँगै चामल किन्न घरबाट निस्केँ । पसलमा फूपाजुले मलाई आइसक्रिम किनिदिनु भयो । यसपछि त मेरो रुवाइ पुरै हरायो ।

भर्खरै मैले दुईदुई पटकसम्म एउटा सपना देखेँ । एक अचम्मको सपना । यसको कारण के हो स्वयं मलाई पनि थाहा छैन । तर त्यो सपना मलाई अति नै राम्रो लाग्यो । सपनामा मैले देखेँ म एउटा निकै ठूलो बगैँचामा पुगेँ । त्यसमा चट्टानबाट बनाइएको कृत्रिम पहाड थियो । एउटा हरियो रङ्ंगको तलाउ थियो । तलाउमा हरिया र चमकदार पातहरु सतहमा तर परिरहेका थिए । नाम म त भन्न सक्दिनँ ती पातहरु अत्यन्तै आकर्षक थिए । एक पटक मात्र होइन,दुइदुइ पटक मात्र होइन,दुईदुई पटक म उस्तै गोलाकार ढोकाबाट बाहिर निस्केँ मनौँ म आफ्नो घर जाने एउटा सुपरिचित बाटोमा हिँडिरहेको थिएँ । फेरी मैले त्यस सानो तलाउको एक चक्कर लगाएँ र किनारको एउटा गङ्गटालाई लात हानेर तल तलाउमा खसालिदिएँ । तलाउबाट छोत्ल्याङ्ग आवाज आयो ।


तलाउमा हरिया र चमकदार पातहरु सतहमा तर परिरहेका थिए । नाम म त भन्न सक्दिनँ ती पातहरु अत्यन्तै आकर्षक थिए । एक पटक मात्र होइन, दुइ–दुइ पटक मात्र होइन, दुई–दुई पटक म उस्तै गोलाकार ढोकाबाट बाहिर निस्केँ मनौँ म आफ्नो घर जाने एउटा सुपरिचित बाटोमा हिँडिरहेको थिएँ । फेरी मैले त्यस सानो तलाउको एक चक्कर लगाएँ र किनारको एउटा गङ्गटालाई लात हानेर तल तलाउमा खसालिदिएँ । तलाउबाट छोत्ल्याङ्ग आवाज आयो ।


त्यसपछि म कृत्रिम पहाडमा गएँ । त्यहाँ एउटा ओडार थियो । ओडार थियो । ओडारभित्र एउटा गुँड थियो । गुँडमा बडेमानको एउटा सेतो चरा बसिरहेको थियो । चराका आँखा काला थिए । चराले मतिर हेर्दा मलाई त्यो चरा मुसुक्क हाँसिरहेको आफन्त जस्तो लाग्यो । म सरक्क गएर त्यस चराको पिठ्यूँमा बसेँ । चराले पखेटा फड्फडायो र ओडारबाट निस्केर आकाशमा उड्न थाल्यो । उड्दा उड्दा माथि माथि कता हो कता माथि उड्यो । कति जतनसँग उड्यो भने मलाई अलिकति पनि असुरक्षाको अनुभव भएन । स्किइङ गरे जस्तो सररर... उड्यो । आफ्नो हल्का हल्का पखेटा फटफटाउँदा ऊ धेरै धेरै टाढा उडिसकेको हुन्थ्यो । मैले उसको गर्धन समातेँ र दायाँ बायाँ फैलिएको उसको पखेटातिर हेरेँ । उसका पखेटा विमानको पखेटा जस्तै विशाल थिए । म उड्दा उड्दै निर्धक्क सित निदाउथेँ र ब्युँझँदा पनि उडिरहेको हुन्थेँ ।

आखिर कुरो के हो । मलाई पनि थाहा छैन । मैले कहिल्यै विपनामा यति ठूलो सेतो चरो देखेको थिइनँ । चरामाथि बसेर उडान भर्न सकिन्छ भन्ने कल्पना पनि गरेको थिइनँ । मान्छे उड्न सक्छ भन्ने कुरा विज्ञान विरुद्ध हो र कुनै विशालकाय पंक्षीले मानिसलाई पिठ्यूँमा बोकेर उडान भर्न  सक्छ  भन्ने कुरा पनि असम्भव नै हो । तर पनि मेरो सपनामा यो सबै असम्भव कुरा सजिलै सम्भव भइरहेका थिए । मलाई यी सबै कुरा सत्य लागिरहेको थियो । सोचेर त्याउँदा यो एउटा अनौठो कुरा होइन त ?

 


खिर कुरो के हो । मलाई पनि थाहा छैन । मैले कहिल्यै विपनामा यति ठूलो सेतो चरो देखेको थिइनँ । चरामाथि बसेर उडान भर्न सकिन्छ भन्ने कल्पना पनि गरेको थिइनँ । मान्छे उड्न सक्छ भन्ने कुरा विज्ञान विरुद्ध हो र कुनै विशालकाय पंक्षीले मानिसलाई पिठ्यूँमा बोकेर उडान भर्न  सक्छ  भन्ने कुरा पनि असम्भव नै हो । तर पनि मेरो सपनामा यो सबै असम्भव कुरा सजिलै सम्भव भइरहेका थिए ।


हिजो आज सुत्न भनेर ओछ्यानमा पल्टेपनि मनमा लाग्न थाल्छ यो रात पनि त्यस्तै उडानको सपना देखूँ । तर सधैं भने जस्तो सपना कहाँ देखिन्छ र ?कहिले हुनसम्मको रमाइलो सपना देखिन्छ,कहिले देखिंदैन । यस्तो किन हुन्छ ?म भन्न सक्दिन । म यति मात्र भन्न सक्छु । मलाई सपना देख्न मन पर्छ । अति नै मन पर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...