शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वागमती प्रदेश लोकसेवा आयोगले पायो पूर्णता

सोमबार, ०६ माघ २०७६, १३ : ४१
सोमबार, ०६ माघ २०७६

हेटौंडा । वाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहनुभएको रिफारिस समितिले प्रदेश लोकसेवा आयोगका सदस्यमा पूर्वसहसचिव सुर्दशन ढकाल र शिक्षण अस्पताल, महाराजगञ्जमा अध्यापन गराउँदै आएकी डा.शर्मिला न्यौपानेलाई सिफारिस गरेको हो । सिफारिस गरिएका दुवैजनालाई आज शपथग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

यसअघि आयोगमा अध्यक्षको मात्र नियुक्त गरी कामकारबाही हुँदै आएको थियो । आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप