शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नगद र रिचार्ज कार्ड चोरी गरेको अभियोगमा ३ जना पक्राउ

सोमबार, ०६ माघ २०७६, १३ : ५६
सोमबार, ०६ माघ २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने शाश्वत ढकालको बिगमार्ट सुपर मार्केटबाट नगद ५ लाख ७ हजार रुपैयाँ र नेपाल टेलिकमको २४ हजार १ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा काठमाडौं गोंगबु बस्ने २१ वर्षीय बिशाल गुरुङ समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उक्त सुपर मार्केटमा चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न सोही सुपर मार्केटमा काम गर्ने बिशाल समेत ३ जनालाई नगद ४ लाख ९९ हजार ३ सय ६१ रुपैयाँ सहित पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप