शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तिम पटक बैठक चलाउन मुस्कुराउँदै शिवमायाको सिंहदरबार टु बानेश्वरको यात्रा

सोमबार, ०६ माघ २०७६, १३ : ५६
सोमबार, ०६ माघ २०७६

काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाको उपसभामुख पदबाट राजीनामाको घोषणा गरेकी छिन् । सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्दै संसद चलाउने क्रममा उनले पदबाट राजीनामाको घोषणा गरेकी हुन् ।

सोअघि सिंहदरबारमा सोमबार बिहान नेकपा  संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, काँग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र  सचेतक पुष्पा भुसालसँग उनले छलफल गरेकी थिइन् । छलफल गरेपछि उनले नै पहिलो चरणको बैठक सञ्चालन गर्ने र त्यसपछि राजीनामा दिनेबारे समझदारी भएको थियो । जसअनुसार उनले राजीनामाको घोषणा गरिसकेकी छिन् अब दोस्रो चरणको बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् र उनको राजीनामा बढेर सुनाउनेछन् ।


नेकपाले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि शिवमाया उपसभामुखबाट राजीनामा दिनुपर्ने बाध्यतामा पुगेकी हुन् । एकै पार्टीबाट सभामुख र उपसभामुख हुन नपाइने संवैधानिक प्रावधान छ ।

सिंहदरबारमा भएको छलफलपछि संसद भवनतिर लाग्ने क्रममा शिवमाया मुस्कान देखिन्थ्यो । यद्यपि उनले कुनै प्रतिक्रिया भने दिइनन् । सोही क्षणलाई रातोपाटीकर्मी सुवास श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेका छन्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप