इन्डोनेसियामा पुल भत्किँदा ७ जनाको मृत्यु
इन्डोनेसिया । इन्डोनेसियाको सुमात्रा द्वीपमा एक पुल भत्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ । कावर शहरको भर्खरै मात्र निर्माण भएको सो पुलमा करिब ३० जना विद्यार्थिहरु पुल पार गर्न लागेको अवस्थामा अकस्मात पुल भत्किएको थियो ।
मुसलधारे वर्षाका कारण यस पुलमुनिको नदीमा पानीको सतह सामान्य भन्दा माथि रहेको जनाइएको छ । पुल भत्किएपछि सात जनाको पानीमा डुबेर मृत्यु भएको र तीनजना अझै हराइरहेका प्रकोप व्यवस्थापन निकायका प्रमुख उजांग स्याफिरीले सोमबार एएफपीलाई बताएका छन् ।
नदीमा खसेका केही विद्यार्थीलाई सकुशल उद्धार गरिनुको साथै खोजी र उद्धार टोलीले हराएका विद्यार्थीको खोजीकार्य जारी राखेका छन् । इन्डोनेसियाको राजधानी जकार्तामा यसै महिनामा भारी वर्षापछि आएको बाढी पहिरोको कारण करिब ६७ व्यक्तिको मृत्यु भएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै