बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिप्रदी ट्रेडिङ्गद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सोमबार, ०६ माघ २०७६, १६ : ३४
सोमबार, ०६ माघ २०७६

काठमाडौं– टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक विके्रता सिप्रदी ट्रेडिङ्गद्वारा दशैं वम्पर लक्की ड्रको उपहार घोषणा गरेको छ ।

टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरु सहित योजना गरेको उक्त लक्की ड्रको यहि माघ ३ गते काठमाडौंको हायात होटलमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति सहित उपहार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो । 

बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा लक्की ड्र को कार्यक्रम पौष २१ गते आयोजना गरिएको थियोे । देशैभरबाट कुल १७३२ जना ग्राहकहरुले उक्त लक्की ड्र मा सहभागिता जनाउनु भएको थियो, जस मध्ये ७६ जना भाग्यशाली ग्राहकहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर प्राप्त गरे । 

कुल विजेता मध्ये १३ जना ग्राहकहरुले एल.जी को ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एल.जी को ८ के.जी क्षमताको वासिङ मेसिन, १३ जनाले सामसुङको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ ईन्च फोर के इन्टरनेट टी.भी. र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप