अर्घाखाँचीमा डुबेर दुई बालिकाको मृत्यु
सोमबार, ०६ माघ २०७६, १८ : १६
अर्घाखाँचीमा सोमबार पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को शान्ति बगैंचाको पोखरीमा डुबेर उनीहरुको ज्यान गएको हो ।
पोखरीमा डुबेर ज्यान गुमाउनेमा मालरानी गाउँपालिका–८ घर भएकी ५ वर्षीया क्रिष्टिना महत र छिमेकी जिल्ला प्युठानको प्युठान नगरपालिका घर भइ हाल सन्धिखर्क बस्ने ४ वर्षीया वर्षा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अहिले दुबै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनमोललाई ‘मेघास्टार’को ट्याग जोगाउन सकस भएको हो ?
-
२२ वर्षीया भीमा मृत्यु प्रकरण : शव नबुझ्ने अडानपछि मुख्यमन्त्रीको चासो
-
प्राथमिकतामा यातायात पूर्वाधार : मेट्रोदेखि द्रुतमार्ग र सुरुङ मार्ग ‘सोकस’मा
-
प्रधान सेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा सैनिक महाविद्यालयको उद्घाटन
-
१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन
-
भारतको सहयोगमा दार्चुलामा बन्न लागेको विद्यालय भवनको शिलान्यास