मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश लोकसेवा आयोगमा पदाधिकारीको नाम सिफारिश

सोमबार, ०६ माघ २०७६, १९ : २५
सोमबार, ०६ माघ २०७६

प्रदश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा प्रदेश लोकसेवा आयोगका पदाधिकारीको नाम सिफारिश गर्न बनेको समितिले आज तीन जनाको नाम सिफारिश गरेको छ ।

प्रदेश लोकसेवा आयोगका लागि अध्यक्षमा नेपाल सरकारको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराई र सदस्यमा मुख्यमन्त्री कार्यालयका पूर्वउपसचिव टीकादत्त राई र प्राध्यापक एवं साहित्यकार सजना दाहाललाई नियुक्त गर्न सिफारिश गरिएको छ ।
    
प्रदेश लोकसेवा आयोगका लागि पदाधिकारीलाई बनेको समितिको सदस्य सभामुख र प्रतिपक्षी दलका नेता रहने व्यवस्था रहेको प्रदेश नं १ का प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप