शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रालय राख्न जग्गाको खोजी तीव्र

सोमबार, ०६ माघ २०७६, २० : ५७
सोमबार, ०६ माघ २०७६

वाग्मती प्रदेशको स्थायी राजधानी तोकिएसँगै  प्रदेश सरकारले मन्त्रालयका लागि जग्गा खोजी शुरु गरेको छ । हाल प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालय साँघुरा भएको अवस्थामा सरकारले व्यवस्थित ठाउँको खोजी शुरु गरेको हो ।

प्रदेश सरकारले हाल खाली रहेको हेटौँडा उपमहानगरपालिका– ९ मा रहेको हेटौँडा सिमेन्ट उद्योगको जग्गालाई सदुपयोग गर्न पहल गरिरहेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित सबै मन्त्रालय निर्माण गर्न पुग्ने जग्गा भए पनि उद्योगको नाममा जग्गा भएकाले प्रदेश सरकारको नाममा ल्याउनका लागि प्रक्रिया शुरु गरिएको छ । 

प्रदेशको स्थायी राजधानी र नामाकरण भएपछि प्रदेशका मन्त्रालय निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु गरिएको  मुख्यमन्त्री पौडेलले बताए । हाल मन्त्रालय रहेका भवन उपयुक्त भए पनि अन्य थुप्रै प्रयोजनका लागि समस्या भएकाले जग्गाको खोजी भइरहेको हो । 

अहिले मुख्यमन्त्री कार्यालय र विभिन्न मन्त्रालय फरक–फरक स्थानमा छन् । अब एउटै स्थानमा सबै मन्त्रालय र प्रदेशसभाको भवन निर्माण गर्नेगरी काम थाल्ने तयारी भएको छ । 

सबै मन्त्रालय निर्माणका लागि अहिले डिपिआर निर्माण गर्ने, यसका लागि सबै तयारी थाल्ने र काम भने आगामी वर्षको बजेटमार्फत गराउने तयारी भएको मुख्यमन्त्री पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप