शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चरेससहित वडा सदस्य पक्राउ

सोमबार, ०६ माघ २०७६, २२ : ०४
सोमबार, ०६ माघ २०७६

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतबार राति डेढकिलो चरेससहित एक वडा सदस्यसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो ।

प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउपर्नेमा बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र  गौमूल गाउँपालिका–१ हाल मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया रहेका छन् ।

उनले प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालो झोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको बताए । पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ । 
 
घरेलु मदिरा बरामद 

जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्रका विभिन्न ठाउँबाट अवैध घरेलु मदिरा बरामद गरी आज नष्ट गरिएको छ । प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेको ४२४ लिटर घरेलु मदिरा नष्ट गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । 

उनले जिल्लामा मदिरासेवन गरी होहल्ला गर्ने १६ लाई नियन्त्रणमा लिई कारवाही गरिएको बताए । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीले छाउपडी गोठ भत्काउने मदिरा नियन्त्रण गर्नेलगायतका कार्यलाई सक्रियताका साथ लागू गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप