केन्द्रीय संस्करण

नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ: पर्यटनमन्त्री भट्टराई

person explore access_timeमाघ ६, २०७६ chat_bubble_outline0

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालद्धारा प्रकाशित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री भट्टराइले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रहेको बताए । उनले पर्यटकलाई कुनै आपतविपत परे सरकार जुनसुकै वेला पनि उद्दार गर्ने बताए ।

उनले पर्यटकलाई आपतवितमा हामीले चाडो सुरक्षा गर्न व्यवस्था मिलाएको समेत जनाकारी दिए ।  उनले अन्नपूर्ण पदमार्गमा पनि करिव दुई सय जना पर्यटकलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको बताए । उनले नेपाल भ्रमण बर्षलाई केहीले असफल बनाउन प्रयास गरेको भन्दै भौतिक पूर्वाधारको काम गुणात्मक रुपले अगाडि बढेको समेत बताए । उनले नेपाल भ्रमण बर्षले सवै लक्ष्य पुरा गर्न नसक्ने भन्दै भ्रमण बर्षलाई आधार बर्षको रुपमा मानेर एक दशक नेपाल भ्रमण बर्ष मनाउने सरकारको तयारी रहेको धारणा राखे ।

 

उनले पुस्तकमा समावेश फोटोले नेपाल चिनाएको भन्दै पुस्तकले पर्यटकलाई नेपाल चिन्न सहयोग मिल्ने बताए । ‘‘पुस्तकमा नेपालको हिमाल, पहाड, तराईदेखि सवै जातजाति भाषा सस्कृति झल्काउने फोटो रहेको छ’ उनले भने, ‘पुस्तकमा रहेका फोटो हेरेर पर्यटक नेपाल घुम्ने ठाउँको छनौट गर्ने छन ।’

उनले पुस्तकलाई नेपालमा मात्र नभएर विदेशस्थित नेपाली कुटनीतिक नियोगमा पनि पु¥याउनुपर्ने भन्दै भ्रमण बर्ष सफल बनाउने पुस्तकको भूमिका समेत रहने बताए । कार्यक्रममा नेपाल भ्रमण बर्ष–२०२० का सचिवालय सदस्य सचिव बच्चुनारायण श्रेष्ठले पुस्तकमा नेपालको सवै भाषा, धर्म, सस्कृति, पर्यटक गन्तव्य उल्लेख गरिएकोले पर्यटक नेपाल बुझ्न सजिलो हुने बताए । उनले पुस्तकले भ्रमण बर्षको प्रचारप्रसारमा समेत सहयोगि भूमिका खेल्ने बताए ।

समूहका अध्यक्ष राजेन्द्र चित्रकारले सरकारले घोषणा गरेको भ्रमण बर्षको प्रचारप्रसार र प्रर्वद्धन गर्ने उद्देश्यले फोटो पुस्तक निकालिएको बताए । कार्यक्रममा मन्त्री भट्टराईले साँस्कृतिक ताथ पर्यटन फोटो प्रतियोगितामा उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितमा कपिलवस्तुस्थित कान्तिपुर दैनिकका  मनोज पौडेलले प्रथम स्थान हासिल गरी रु २५ हजार राशीको पुरस्कार साथै प्रमाणपत्र पाएका थिए । यसैगरी मुगुका कविराज कार्की द्धितिय भई नगद रु २० हजार र सुनिल शर्माल तृतिय भई नगद रु १५ हजार सहित पुरस्कार पाएका थिए ।

यसैगरी प्रदेश नं. १ वाट भवानी शिलाकार, प्रदेश नं. २ वाटा सुशील श्रेष्ठ, वागमति प्रदेशबाट आर्यन धिमाल, गण्डकी प्रदेशबाट राधिका कडेल, प्रदेश नं. ५ बाट अमरराज पुन, कर्णाली प्रदेशबाट हिक्मतवहादुर नेपाली र सुदूरपश्चिम प्रदेशबाट विनोद सिंह विष्टले प्रदेश स्तरिय उत्कृष्ट फोटो पुरस्कार पाएका छन् । उनीहरु सबैले रु १० हजार रुपैयाँसहित पुरस्कार पाएका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...