शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा विराटनगरस्थित एकीकृत जाँच चौकी (आइसिपी) को उद्घाटन

मङ्गलबार, ०७ माघ २०७६, ११ : १६
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौ । विराटनगरमा निर्मित एकीकृत जाँच चौकी (आइसिपी) मङ्गलबारबाट सञ्चालनमा आएको छ । उक्त चौकीको मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका छन् । नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्न उक्त चौकी स्थापना गरिएको हो ।

विराटनगर –१८ मा पर्ने भेडियारीमा १ सय २९ बिघा जमिनमा निर्माण भएको आइसीपी भारत सरकारको २ अर्ब १० करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।

वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले दुबै मुलुकका प्रधानमन्त्रीले डिजिटल माध्यमबाट एकै साथ स्वीच थिच्दै आइसिपीको उदघाटन गरेको जानकारी दिए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेपछि विराटनगर आइसिपीमा भएको पर्दाको अनावरण भएको थियो ।

उदघाटन लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइसिपी नेपाललाई हस्तान्तरणको घोषणा गरेका छन् भने नेपालका प्रधानमन्त्रीले त्यसको स्वामित्व ग्रहण गरेका छन् ।

नेपाल इन्टरमोडेल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्ड अन्तरगत आइसिपीको स्वामित्वमा रहनेछ । यसको सञ्चालन भने विराटनगर भन्सार कार्यालयले गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप