शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हुन्डाई कोना ईलेक्ट्रीकले राख्यो गिनिज वर्ल्ड रेकर्डमा नाम, सर्वाधिक उचाईमा पुग्न सफल

मङ्गलबार, ०७ माघ २०७६, १३ : ५८
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौं– ईलेक्ट्रीक एसयूभी कोनाले गिनिज वर्ल्ड  रेकर्डस्को प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । 

हुन्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयूभी हो, जसलाई ५,७३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो । यो चढाई पश्चात् कोनाले ५,७१५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रीक कारको पछिल्लो रकर्ड सजिलै तोडेको थियो ।

हुन्डाई कोना ईलेक्ट्रीकले गिनिज वर्ल्ड रेकर्डस्को प्रतिष्ठित उपाधि जित्नु हुन्डाईसँग सम्बन्धित हरेक व्यक्तिको लागि गर्वको पल हो र यो ज्यादै उल्लेखनीय उपलब्धी हो । कोना ईलेक्ट्रीकले ईलेक्ट्रीक भेहिकल सम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर ईलेक्ट्रीक क्रान्ति ल्याउन सफल भएको छ । 

वास्तवमा भन्ने हो भने कोनाले हुन्डाईको अघि बढ्ने भावनालाई दर्शाउँछ । ईमिशन इम्पोसिबल मिशन अन्तर्गत, कोना ईलेक्ट्रीकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्पmर्मेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको छ ।

गिनिज वर्ल्ड रेकर्डस्का एड्जुडिकेटर, श्री ऋषी नाथले भने, ‘सर्वाधिक उचाईमा पुग्ने ईलेक्ट्रीक कारको लागि हासिल गरेको यो उपाधिका लागि ह्यून्डाई मोटरलाई म हार्दिक बधाई दिन चाहन्छु । यो उपलब्धीसँगै ह्यून्डाईले इतिहासमै किर्तीमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ ।’

यो सफलतासँगै कोना ईलेक्ट्रीक कठोर परिस्थितिहरुमा ज्यादै विश्वसनीय रहेको कुरा प्रमाणित गरेको छ । यस अभियानमा कोना ईलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा एउटा सच्चा एसयूभीसरह प्रदर्शन गरेको थियो ।

कोना ईलेक्ट्रीकमा रहेको ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले जस्तोसुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको छ । प्रविधि र पर्पmर्मेन्सको बेजोड समिश्रण रहेको यो ग्रीन कार एउटा सच्चा प्रदर्शक हो र सर्वाधिक उचाईमा पुगेर रेकर्ड राख्ने पहिलो ईलेक्ट्रीक गाडी हो ।

यस अभियानको दौरानभरि नै कोना ईलेक्ट्रीकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो । कारलाई कार किन्दा प्रदान गरिने स्ट्याण्डर्ड पोर्टेबल चार्जरले रातभरि चार्ज गरिएको थियो । शिखरमा चढाउँदा पनि यसको पर्पmर्मेन्समा कुनै समस्या देखा परेको थिएन । शिखरबाट ओर्लिने बेला चाहिं स्मार्ट पावर रिजेनेरेशन सिस्टमको मद्दतले गाडीले ड्राईभिङ रेन्जलाई कम्प्लीमेन्ट गरेको थियो ।

यस सफलताले कोना इभीको पावरफुल पर्पmर्मेन्सलाई चरितार्थ गरेको छ र जस्तो सुकै मौसमी अवस्था र भू–भागमा उत्कृष्ट पर्पmर्मेन्स दिर्ने सुनिश्चितता प्रदान गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप