उपसभामुख पद माग्न रामचन्द्र पुगे प्रचण्ड निवास
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा मंगलबार प्रचण्ड र पौडेलबीच भेटवार्ता भएको हो ।
भेटमा नेता पौडेलले उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्न आग्रह गरेका थिए । ‘सहकार्य गरेर जाउँ, सभामुखमा नेकपाको उम्मेद्वारी परेकाले अब उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्दा राम्रो हुन्छ’ पौडेलले प्रचण्डसँग कुराकानीका क्रममा भनेका थिए । पौडेलको यस्तो प्रस्ताव सुनेका प्रचण्डले पार्टीमा छलफल गरेर अघि बढ्न आफु तयार रहेको जवाफ दिएका थिए ।
काँग्रेसले सभामुख निर्वाचन कार्यक्रम अन्तर्गत मंगलबार आफ्नो उम्मेदवारी दिएको छैन । सभामुख पदमा नेकपाका उम्मेदवार अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ । उपसभामुख पदमा राजपाले पनि दावी गर्ने बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा
-
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ