शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फागुनमा नेशनल स्कुल एक्स्पो

मङ्गलबार, ०७ माघ २०७६, १६ : ३८
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी फागुनमा नेशनल स्कुल एक्स्पो गर्ने भएको छ । 

फागुन २१ देखि २४ गतेसम्म भृकुटिमण्डपमा प्याब्सन नेशनल स्कुल एक्स्पो आयोजना हुने भएको छ । आफ्नो सांगठनिक धारलाई तिखोे बनाउन र सदस्यहरुलाई विद्यालयहरुको बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पोको आयोजना गरिने प्याब्सनका उपाध्यक्ष ईश्वर बहादुर गुरुङले बताए । 

अभिभावक र विद्यार्थी लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित सबैलाई नेपालका विद्यालयहरुका बारेमा बृहत जानकारी प्रदान गरिने उनले बताए । 

 मेलामा सहभागी भएर आफ्ना बच्चाहरुका लागि उपयुक्त विद्यालयको छनोट गर्ने अवशर प्राप्त गर्न सकिने उनले बताए । 

मेला व्यवस्थाको जिम्मेवारी वन अफ इभेन्ट म्यानेजमेन्टलाई दिइएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्याब्सन र वन अफबीच मेला आयोजना गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप