‘लभ डायरिज’ को ट्रेलरमा सुशील र रुविनाको प्रेम र रोमान्स
काठमाडौं । आउँदो फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक भएको छ । सौरभ चौधरीको निर्देशन रहेको फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नवअभिनेत्री रुविना थापा बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ ।
फिल्मको केही दिनअघि ‘लभ डायरिज’ को ‘छम छम’ बोलको गीत सार्वजनिक भएको थियो । जुन गीत अहिले चर्चामा छ । निर्माण युनिटले ट्रेलर पनि हिट हुने अनुमान गरेको छ । प्रेस दिवस अर्थात भ्यालेन्टाइन डेको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा सुशील र रुविनाको अलवा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।
युवायुवती बीचको माया प्रेम र कमेडीलाई फिल्ममा देख्न सकिने निर्देशक चौधरी जानकारी दिए । फिल्म मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई रहेको छ । फिल्ममा सञ्जय लामाको छायाँकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । अर्जुन पोखरेलले संगीत रहेको फिल्ममा अभिनेता सुशीलले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन केटाको भूमिका निर्वाह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा