शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षकुमारको पारिश्रमिक १२० करोड !

मङ्गलबार, ०७ माघ २०७६, १८ : ४६
मङ्गलबार, ०७ माघ २०७६

मुम्बई – बलिउड अभिनेता अक्षयकुमार  पछिल्लो समयका निकै व्यस्त छन् । अन्य सुपरस्टार वर्षमा एक फिल्म दिन सफल छन् । तर उनले वर्षमा ३ वा ४ फिल्म दिने गरेका छन् । त्यो पनि सुपर हिट ।

गतवर्ष अर्थात २०१९को कुरा गर्ने हो भने उनी बलिउडको सबैभन्दा बढी कमाउने अभिनेता समेत बने । 

अक्षयकुमार अहिले रोहिट शेट्टीको फिल्म ‘सूर्यवंशी’ अभिनय गरिरहेका छन् भने निर्माता निर्देशक आनन्द एलरायले आफ्नो नयाँ फिल्मका लागि पनि उनलाई साइन गरेको चर्चा छ । आनन्दको फिल्ममा सारा अलि खान र धनुषको पनि अभिनय रहनेछ ।

एकपछि अर्काे फिल्म लगातार हिट दिएका अक्षयकुमारले अहिले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । आनन्द रायको फिल्मका लागि पनि उनले १२० करोड पारिश्रमिक लिएको चर्चा छ । जुन फिस अहिलेसम्मकै महँगो हुने बताइएको छ । तर यस बिषयमा भने अक्षयकुमारले कुनै आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् । 

आनन्दको फिल्म छिट्टै घोषणा हुँदैछ । प्रेमकथामा बन्न लागेको यो फिल्मको सुटिङ केही महिनापछि सुरु हुने बताइएको छ । अहिले अक्षयकुमारसँग लक्ष्मी बमर र बच्चन पाण्डे नामका दुई फिल्म पनि हातमा छन् । यी फिल्मको काम उनले सुर्यवंशीपछि थाल्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप