शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आईएमएस ग्रुप नेपालका लागि लिनियर फ्ल्क्सको आधिकारीक बिक्रेता

मङ्गलबार, ०७ माघ २०७६, १८ : ५९
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौं– आईएमएस ग्रुप अब नेपालमा लिनियर फ्ल्क्सका लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छ ।

डाक्टर र मोन्स्टर प्रोडक्टस्का इन्जिनियरहरूले बनाएको लिनियर फ्ल्क्स हेडफोनको एक ब्राण्ड हो जसले वायरलेस हाइपर डेफिनेशन अडियोको अनुभव दिनेछ । निरन्तर दुई वर्षको अनुसन्धान र प्रविधि विकास पछि अमेरिकन ब्राण्ड लिनियर फ्ल्क्स आधिरकारीक रुपमा सुरु भएको हो ।

लिनियर फ्ल्क्स हाइपर सोनिक एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यस हेडफोनलाई लेडी गागा, डा. ड्री, पफ डेडी, ब्ल्याक आई पीस, फार इष्ट मुभमेन्ट, जय छउ, वन्डर गर्ल  जस्ता सांगितक क्षेत्रका महानहस्तीहरुबाट परिक्षण भएको छ । 

यसको डीएल ०१ इमर्जिभ ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउँछ र बेसको लागि उपयुक्त रहेको छ । लिनियर फ्ल्क्स हाइपर सोनिक पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जवल केबुलहरूको आवश्यकता पर्दैन । 

हाल कम्पनीले लिनियर फ्ल्क्स उत्पादनहरू स्मार्टडोकोको मार्फत उपलब्ध गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप