शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ बैंकद्वारा टिच फर नेपाललार्ई सहयोग

मङ्गलबार, ०७ माघ २०७६, १९ : ०७
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौं– सिद्धार्थ बैंकले २०७६ माघ ७ गते मंगलबार टिच फर नेपाललाई पाँच लाख सहयोग प्रदान गरेको छ । 

सो सहयोग रकम बैंकको संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह(संस्थापक स्वस्तिका श्रेष्ठलाई एक समारोहका बीच प्रदान गरे ।

बैंकले ग्रामिण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । उक्त रकम टिच फर नेपालले विभिन्न ग्रामिण जिल्लाका सार्वजनिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान कार्यका लागि उपयोग गर्ने छ । 

यस अभियान अन्र्तगत संस्थाले देशका विभिन्न ग्रामिण जिल्लाको सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई २ वर्षका लागि स्वयंमसेवी शिक्षक मार्फत गणित, विज्ञान र अंग्रेजी विषयमा अध्यापन गराउने छ यसबाट ग्रामिण जिल्लामा रहेका बालबालिकाहरुले गुणस्तरीय शिक्षाको अवसर पाउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास बैंकले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप