शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा ट्रक दुर्घटना: मृतकहरुको सनाखत (अपडेट)

मङ्गलबार, ०७ माघ २०७६, २० : ०७
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौ । धादिङमा मिनी ट्रक दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका सेते गुरूङ,प्रेमबहादुर गुरूङ, ध्वजबहादुर गुरूङ,बेलबहादुर गुरूङ,विदुर गुरूङ,तिलकबहादुर गुरूङ र पूर्ण नारायण श्रेष्ठ रहेका छन् । 

दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिएको हो ।  करिब ४५ जना सवार ट्रकमा मण्डली दर्शन गरेर फर्किँदै गरेका यात्रुहरु रहेको  जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप