दबाबमा टेलिकम, पुस मसान्तसम्म ६ अर्बमात्रै योगदान
सरकारी स्वामित्वको नेपाल आयल निगमले गत आर्थिक वर्षमा ७ अर्ब ५० करोड नाफा कमाउँदा नेपाल टेलिकमले भने ९ अर्ब ७६ करोड मात्र नाफा कमायो । निगमले अघिल्लो आवमा ३ अर्ब ५८ करोड नाफा कमाएको थियो भने सो आवमा टेलिकमले १७।४८ अर्ब खुद नाफा गरेको थियो । यसरी हेर्दा निगमले ५२ प्रतिशत नाफा बढाउँदा टेलिकमको नाफा ४४.१९ प्रतिशतले घट्यो ।
सार्वजनिक संस्थानमध्ये विगत एक वर्षदेखि सधैँजसो शीर्ष स्थानमा रहेको टेलिकमको नाफा गत आवमा घट्दा सेयरधनीले पाउने प्रतिफलमा पनि उल्लेख्य कमी आएको छ । अघिल्लो वर्षसम्म प्रतिसेयर ५५ प्रतिशत लाभांस वितरण गरेको कम्पनीले अघिल्लो वर्षको नाफाबाट जम्मा ५४ रुपैयाँमात्र नाफा गर्न सक्यो ।
पुस मसान्तसम्म राजस्व लक्ष्य पुर्याउन सरकारलाई कठिन भइरहेका बेला यो लाभांशबाट टेलिकमले जम्मा ६ अर्बको मात्र योगदान गर्न सकेको छ । कम्पनीको हालै सम्पन्न साधारणसभामा पनि कम्पनीको नाफा कसरी बढाउने भन्नेबारे गम्भीर विमर्श भएको छ । यो समाचार आजको कारोबारमा सरस्वती ढकालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश
-
रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे
-
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आगामी सोमबार विश्वासको मत लिने
-
‘ईश्वर’ आगामी वर्षको मङ्सिरमा रिलिज हुने
-
यी हुन् कांग्रेसका आदिवासी जनजाति विभागमा मनोनीत १० सदस्य
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन