शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जुसबाटै मःम अनि जुसबाटै चिया (भिडियो सहित)

पूर्ण भेज तथा भेगन रेष्टुरेन्ट ‘जुस मण्डला’
बुधबार, ०८ माघ २०७६, ११ : ०१
बुधबार, ०८ माघ २०७६

नेपालको सवैभन्दा ठूलो व्यापारिक घराना ‘सीजी ग्रुप’मा १३ वर्ष जागिरे जीवन बिताइन् रेश्मा प्रधान मुल्मीले । सीजी ग्रुपअन्तर्गतको अटोमोबाइल कम्पनी सुजुकीमा विभागीय प्रमुख भएर काम गर्ने अवसर मिलेको थियो रेश्मालाई ।

अटोमोबाइल कम्पनीमा कार्यरत रहँदा व्यापार व्यवसायमा कसरी नयाँपन ल्याउने ? जोखिम व्यवस्थापन कसरी गर्ने ? ग्राहक सन्तुष्टिलाई अनि व्यवस्थापन कसरी गर्ने ? यी लगायत धेरै ज्ञान हासिल गर्ने अवसर मिल्यो उनलाई ।

हुन त जोखिमलाई सामना गर्ने हिम्मत रेश्मामा त्यतिबेला नै जुटिसकेको थियो जतिबेला उनी आफ्नी छोरीलाई लिएर बजार डुल्थिन् र छोरीका लागि स्वास्थ्यकर आहारको खोजी गर्थिन् । धेरैजसो होटल तथा रेष्टुरेन्ट व्यापारिक हिसावले खोलिएका खोलिएका कारण खाना स्वास्थ्यकर हो या होइन ! कसरी जाच्ने ? आमाको मन न हो, जहाँ पायो त्यहीँको खान दिँदा बच्चा बिरामी हुने पो हो कि भन्ने डर ।

काठमाडौँको बानेश्वरमा जन्मे हुर्केकी रेश्माले १५ वर्ष अघि ललितपुरका प्रविन मुल्मीसँग विवाह गरेकी हुन् । उनीहरुका १० वर्षकी एक छोरी छिन् । शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी रेश्माले जागिरलाई पूर्णविराम दिनु अघि सँधै जागिरमा रुमल्लिएर बस्नुभन्दा केही नयाँ गर्ने पो हो कि भन्दै योजना बनाइरहेकी हुन्थिन् ।


विश्व प्रसिद्ध अनलाइन कम्पनी ‘अलिबाबा’का संस्थापक तथा एसियाका सबैभन्दा धनी व्यक्ति ज्याक माले भनेका छन्, ‘जब तपाईले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?’ नेपालका धेरै युवा सम्भावना र रोजगारीको अभाव भयो भन्दै विदेशिएका छन् । तर यहाँ यति धेरै सम्भावनाको खानी छ, मात्र पहिचान हुन सकिरहेको छैन । यस्तै लाग्छ रेश्मालाई पनि । सम्भावनाको खोजी गर्दै जाँदा भेज एण्ड भेगन रेष्टुरेन्टको अवधारणा विकास भयो र सुरु भयो ‘जुस मण्डला’ ।


सहरवासीको माग के छ ? र के नयाँ दिन सकिन्छ भनेर खोजी गर्दा सहरमा पूर्ण भेज तथा भेगन खाना उपलब्ध गराउने र ताजा जुस उपलब्ध गराउने ठाउँको अभाव खड्कियो । केही नयाँ गर्ने हुटहुटी, सम्भावनाको खोजी अनि यसको अध्ययनमा लागेकी रेश्मालाई श्रीमान् प्रविनले पनि पूर्ण साथ दिए ।

साधारणतया मानिस जोखिमरहित जीवन बाँच्न चाहन्छ । तर जीवनमा अगाडि बढ्न र समाजमा उदाहरणीय बन्नका लागि जोखिम मोल्न सक्नु पर्छ भन्ने भावना कमै (अपवाद)मा आउँछ । यस्तैमा अपवाद बनिन् रेश्मा प्रधान । जोखिम मोल्न रुचाउने रेश्माले ताजा जुस र स्वस्थ्यकर खानाको व्यवसाय गर्ने निचोड निकालिन् ।


‘जुस मण्डला’ अथवा भेराइटिज अफ जुस । जुस (फलफूल तथा ताजा तरकारीको रस)को वृहत्तर केन्द्रको रुपमा विकास गर्ने हेतुले आठ महिना अघि संचालनमा आएको थियो जुस मण्डला । तर यहाँ जुसमात्रै नभएर शाकाहारी परिकारहरु पनि उपलब्ध छन् ।


विश्व प्रसिद्ध अनलाइन कम्पनी ‘अलिबाबा’का संस्थापक तथा एसियाका सबैभन्दा धनी व्यक्ति ज्याक माले भनेका छन्, ‘जब तपाईले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?’ नेपालका धेरै युवा सम्भावना र रोजगारीको अभाव भयो भन्दै विदेशिएका छन् । तर यहाँ यति धेरै सम्भावनाको खानी छ, मात्र पहिचान हुन सकिरहेको छैन । यस्तै लाग्छ रेश्मालाई पनि । सम्भावनाको खोजी गर्दै जाँदा भेज एण्ड भेगन रेष्टुरेन्टको अवधारणा विकास भयो र सुरु भयो ‘जुस मण्डला’ ।

के हो ‘जुस मण्डला’ ?

‘जुस मण्डला’ अथवा भेराइटिज अफ जुस । जुस (फलफूल तथा ताजा तरकारीको रस)को वृहत्तर केन्द्रको रुपमा विकास गर्ने हेतुले आठ महिना अघि संचालनमा आएको थियो जुस मण्डला । तर यहाँ जुसमात्रै नभएर शाकाहारी परिकारहरु पनि उपलब्ध छन् ।

ललितपुरस्थित पुल्चोक चोकबाट पश्चिमतर्फ दमकलको ठिक अगाडी छ ‘जुस मण्डला’ । नेपालमा धेरै जुस सेन्टर तथा रेष्टुरेन्टहरु संचालनमा छन् तर पूर्ण शाकाहारी, अझ भन्नुपर्दा भेगन (जनावरको उत्पादनहरुको प्रयोग नै नगरी बनाइने खानाहरु)को रेष्टुरेन्ट भने ज्यादै नै न्यून छन् ।

जनावरहरुबाट प्राप्त हुने खानाहरु जस्तोः मासु, दुध र दुधजन्य उत्पादनहरु, मह, अण्डालगायतलाई पूर्णरुपमा वर्जित गरिएको रेष्टुरेन्टको विकास विश्वमा पहिलेदेखि नै भएपनि नेपालमा भने भर्खरै यसको विकास हुन थालेको छ । 

सामान्यतया पूर्ण शाकाहारी आहार पौष्टिक तत्त्वहरुले भरिपूर्ण हुन्छ । जनावररहित आहारमा मानिसहरुको रुचि बढ्दै गएसँगै नेपालमा यस्ता रेष्टुरेन्टको अवधारणा आएको जुस मण्डलाकी संचालिका रेश्मा बताउँछिन् । सामान्यतया पूर्ण शाकाहारीमा प्रोटीन, भिटामिन, खनिजहरु नपाइने भए पनि सवैकुरा मिलाएर खान जानेमा शाकाहारी खानाबाटै आवश्यक पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ ।

बजारमा पाइने बट्टाका जुसका कारण विभिन्न रोगहरुको खतरा बढ्दै गइरहेका बेला स्वस्थ्यकर आहारप्रति आम नागरिकलाई सचेत गर्नकै लागि पनि जुस मण्डला एक चुनौतीको रुपमा खडा भएको छ ।


जुस मण्डलामा फ्रेस जुसमात्रै होइन, नेपाली उत्पादनबाट बनेका पूर्ण शाकाहारी खानाहरु पनि पाईन्छ जस्तोः मम, सुप, मकैका परिकार, नेवारी खाजा सेट, योमरी, पानी पुरी, पिज्जा, प्यान केकलगायत ।


जथाभावी खानपिनले पारेको असरलाई न्यूनिकरण गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुने रेश्मा र प्रविन बताउँछन् । हरेक परिवर्तनको सुरुवात आफैँबाट हुनुपर्छ भन्ने मान्यतासँगै जन्मिएको जुस मण्डलालाई ग्राहकहरुले सोचेभन्दा बढी माया गरेको महसुस यो जोडीले गरेको छ ।

आइएनजीओका जागिरे श्रीमान् प्रविनले जुस मण्डलालाई हप्तामा दुई दिन समय दिन्छन् । अन्य सवैदिन रेश्मा आफैँ खटिन्छिन रेष्टुरेन्टमा । यो आठ महिनाको अवधिमा उनीहरुले स्वस्थ्यप्रति आम मानिसको चासो बढ्दै गएको महसुस गरेका छन् । यसले उनीहरुलाई थप ऊर्जा थपिदिएको छ ।

जुस मण्डलामा फ्रेस जुसमात्रै होइन, नेपाली उत्पादनबाट बनेका पूर्ण शाकाहारी खानाहरु पनि पाईन्छ जस्तोः मम, सुप, मकैका परिकार, नेवारी खाजा सेट, योमरी, पानी पुरी, पिज्जा, प्यान केकलगायत ।

जुस मण्डलामा स्वस्थ व्यक्तिका लागि मात्रै होइन, बिरामी व्यक्तिहरुको लागि पनि खाना बन्छ । बालबालिका, वृद्धवृद्धादेखि रोगीहरुले पनि जुस मण्डलाका खाना तथा जुस निर्धक्क खान सक्ने संचालक रेश्मा बताउँछिन् ।

केके छ मेनुमा ?

जुस मण्डला विशेष गरेर ताजा जुस उपलब्ध गराउने उद्देश्यले सुरु भएको थियो, तर ग्राहकको चाहना र सहरमा पूर्ण भेज तथा भेगन खाना उपलब्ध गराउने रेष्टुरेन्टको अभावसँगै रेष्टुरेन्टको अवधारणा पनि विकास भएको थियो ।

यहाँ बन्ने अन्य परिकारमा पनि फलफूल र तरकारीको रस प्रयोग गरिन्छ । फलफूल र तरकारीबाट रस निकालेर विभिन्न परिकारमा पानीको सट्टामा प्रयोग गरिन्छ । जस्तोः मःमःमा जुसको प्रयोग हुन्छ । त्यसैगरी ताजा तरकारीबाट सुप बनाइन्छ, जुन निकै रुचाइएको छ । जुस सँधै खान मन नलाग्न सक्छ, त्यस्तो बेला जुसमा पाइने भिटामिन खानाबाटै पाइने भएकाले यो निकै चर्चित बनेको छ ।

जुस मण्डलामा युवा पुस्ता बढी आकर्षित देखिन्छन् । जसका कारण युवा पुस्ता स्वास्थ्यप्रति बढी सचेत हुन थालेको प्रष्ट हुन्छ । विशेष गरेर युवा पुस्ता अझ किशोर किशोरीहरुको त यहाँ भिड नै लाग्ने गरेको छ । जुस मण्डलामा बन्ने जुसमा चिनी प्रयोग नगरिने भएकाले मधुमेहका विरामीका लागि पनि उपयोगी हुन्छ । त्यसैले पनि हरेक दिन (चिसो वा गर्मी मौसममा पनि) जुसको अर्डर आइरहने रेश्मा बताउँछिन् ।

यहाँ भेज तथा भेगनका परिकारसँगै आलुको स्वादिस्ट टोरनाडो फ्राइड पनि पाइन्छ । त्यसैगरी तफु तथा पनिरका परिकारको पनि व्यवस्था छ । यहाँ इन्द्रेणी मम, फापरको मम, सुप, मकैका परिकार, नेवारी खाजा सेट, योमरी, पानी पुरी, पिज्जा, प्यान केकलगायत पाइन्छ । जुस मण्डलाको अर्को विशेष परिकारमा फापरको तावा पिज्जा पनि हो । यो ग्राहकहरुले निकै रुचाएका छन् ।

इन्द्रेणी मम

जुस मण्डलामा अहिलेसम्म सवैभन्दा चर्चित बनेको इन्द्रेणी मम बालबालिकादेखि वृद्धवृद्धासम्मको रोजाइमा परेको छ । शुद्ध नेपाली उत्पादनबाट बन्ने यहाँका परिकारमा फलफूल तथा ताजा तरकारीकै जुसको प्रयोग गरिन्छ । इन्द्रेणी मममा ग्राहकको चाहनाअनुसारको पिठो (फापर, मैदा)को प्रयोग गर्ने र अजिनो (टेस्टिङ पाउडर)को प्रयोग नगर्ने भएकाले विल्कुलै घरको स्वाद पाइने रेश्मा बताउँछिन् । त्यसैले यो विरामी तथा बालबालिका सवैका लागि उपयोगी हुन्छ ।

ममका लागि आँटा, मैदा, फापरको पिठोको प्रयोग गरिन्छ । पिठो मुछ्नका लागि जैविक तरकारीको जुसको प्रयोग गरिन्छ । जस्तोः चुकन्दरबाट रातो रस निकालेर पिठो मुच्छ्ने गरिन्छ त्यसैगरी, गाजरबाट सुन्तला रंगको रस र पालुङ्गोको सागबाट हरियो रंगको रस निकालेर पिठो मुछिन्छ । विभिन्न रंगका तरकारीको रसको प्रयोग गरिने भएकाले यसको नाम इन्द्रेणी राखिएको संचालक रेश्मा बताउँछिन् । उनि भन्छिन्, ‘देख्दा पनि निकै आकर्षक र खानलाई पनि स्वास्थ्यकर हुने भएकाले बालबालिकादेखि वृद्धवृद्धाले इन्द्रेणी मम खुब मन पराएका छन् ।’

स्वास्थ्यका लागि जुस

नेपालमा जुस कल्चर विकास हुँदै छ । फलफूल, सलाद तथा तरकारीको प्रयोग बढी गर्ने तर जुस भनेको विदेशीले कि त बिरामीले खाने भन्ने मानसिकता नेपालीमा अझै पनि देखिन्छ । विस्तारै यो कल्चरमा परिवर्तन आएको छ । मानिसहरु जुस खानकै लागि रेष्टुरेन्ट तथा जुस पसल धाउन थालेको देखिन्छ ।

नेपाली बजारमा उपलब्ध बट्टाका जुस स्वास्थ्यका हिसावले निकै हानिकारक रहेको तथ्याङ्क बारम्बार बाहिर आउने गरेको छ । नेपाल लगायत विश्वकै धेरै मूलुकबाट बट्टाका जुसको आयात तिव्र छ । तर नेपालमै उत्पादन भएका फलफूल तथा तरकारीबाट बन्ने जुसको प्रयोग भने निकै न्यूनमात्रै छ ।

मानिसहरु पसलमा गएर बट्टाको जुस किनेर खाने तर जुस पसलहरुमा गएर ताजा जुस खान महँगो ठान्ने तथा अल्छि मान्ने प्रवृत्ति बढी देखिएको जुस मण्डलाकी संचालिका रेश्मा बताउँछिन् । वास्तवमै बट्टाको जुस किन्ने पैसाले ताजा जुस खाने वा फलफूल सिधै खाँदा स्वास्थ्यको लागि फाइदा हुने उनको तर्क छ । आफूले बट्टाको जुस खाने गर्दा र बच्चालाई पनि खुवाउँदा स्वास्थ्य बिग्रिएपछि जुस मण्डलाको कन्सेप्ट विकास भएको रेश्मा सुनाउँछिन् ।

आम नागरिकलाई ताजा जुस उपलब्ध गराउन काठमाडौं लगायत अन्य सहरहरुमा पनि शाखा विस्तार गरी यसको उपयोगिताबारे चेतना फैलाउन कस्सिएकी छिन् रेश्मा ।

जुस मण्डलामा बन्ने जुस कोल्ड फ्रेस टेक्नोलोजीबाट बनाइन्छ जसले गर्दा यो स्वास्थ्यकर छ । यो टेक्नोलोजीबाट जुस बनाउँदा यसका पोषक तत्वहरु नष्ट हुन पाउँदैनन् र यो स्वास्थ्यका लागि फाइदाजनक हुने रेश्मा बताउँछिन् ।

अझ सुन्दर छालाको लागि तरकारी तथा फलफूलको जुस निकै उपयोगी मानिन्छ । तरकारीका जुसमा एन्जाइम्स, मिनरल्स पाइन्छ । छालाका लागि यी दुवै उपयोगी पोषक तत्व हुन् । मौसमअनुसारको फलफूल र तरकारीबाट बन्ने जुसले अहिले धेरैले रुचाएको रेश्मा बताउँछिन् ।

त्यसैगरी जुस मण्डलाले बजारबाट ल्याइने फलफूल तथा तरकारीको प्रयोग सिधै गर्दैन । बजारमा पाइने फलफूल तथा तरकारीमा विषादीको प्रयोग हुने भएकाले यसलाई खरिद गरिसकेपछि प्रयोग गर्नुपूर्व ३० मिनेट जति नुन पानीमा भिजाएरमात्र प्रयोग गर्नु लाभदायक हुन्छ । जुस मण्डलाले पनि यो प्रक्रियालाई अपनाएको छ । यसले रेष्टुरेन्ट संचालकहरु आफ्ना ग्राहकको स्वास्थ्य प्रति पनि सेचत हुनुपर्ने सन्देश दिएको छ ।

सेलेरी जुस

नेपालमा सेलेरी (अजवाइन)को प्रयोग अन्य तरिकाले गरिने भए पनि जुसको रुपमा भने खासै प्रयोग हुने गरेको पाइँदैन । सेलेरीको प्रयोग धेरैजसो सुप र सलादको रुपमा प्रयोग गर्ने गरिन्छ । अझ नेपालमा त यसको उत्पादन र प्रयोग न्यून नै छ  । हाल जुस मण्डलाले सेलेरीको प्रयोग बढाएको छ ।


फलफूलको चिया ? अचम्म लाग्न सक्छ । तर जुुस मण्डलाले फलफूल चिया पस्केको छ । हाल यो निकै चर्चित बनेको छ । धेरैजना यहाँ फलफूलको चिया खान आउने गरेको रेश्मा बताउँछिन् ।


सेलेरी विभिन्न औषधीय गुणबाट भरिपूर्ण हुन्छ । यसमा भिटामिन्स, खनिज, एन्टि अक्सिडेन्ट, क्याल्सियम, सोडियम, म्याग्निसियम, आइरन जस्ता पोषक तत्व पाइन्छ । विशेष गरेर सेलेरीलाई सुन्दर कपाल र छालाको लागि निकै उपयोगी मानिएको छ । त्यसैले सेलेरी जुस पिउन युवाहरुको भिड लाग्ने गरेको रेश्मा बताउँछिन् ।

सेलेरीको फाइदा धेरै छ , जस्तोः माइग्रेन, मधुमेह, पत्थरी, क्यान्सर, छाला (एलर्जी), कपालका लागि निकै फाइदाजनक मानिन्छ ।

त्यसैगरी, विटरुट(चुकन्दर) को जुस पनि जुस मण्डलामा धेरैले रुचाएका छन् । चुकन्दरको जुस विशेष गरेर महिनावारीको समस्या हुनेहरुको लागि निकै उपयोगी मानिन्छ । त्यसैगरी, क्यान्सर, हेमोग्लोविनको समस्यामा पनि चुकन्दर उपयोगी हुन्छ ।

फलफूलको चिया

फलफूलको चिया ? अचम्म लाग्न सक्छ । तर जुुस मण्डलाले फलफूल चिया पस्केको छ । हाल यो निकै चर्चित बनेको छ । धेरैजना यहाँ फलफूलको चिया खान आउने गरेको रेश्मा बताउँछिन् ।

सामान्यतया फललाई पकाएर खान हुँदैन भन्ने मान्यता छ तर यसलाई निश्चित तापक्रममा पकाएर खाँदा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसो गर्दा फलबाट प्राप्त हुने पोषक तत्व पनि नष्ट नहुने र भिन्न स्वाद पनि पाइने भएकाले फलको चिया (फ्रुट टी) धेरैले रुचाएको रेश्मा बताउँछिन् ।

जुस मण्डलाले विभिन्न स्वादका फलहरु र जुस मिलाएर निश्चित तापक्रममा पकाएर चिया बनाउने गरेको छ । जाडो मौसममा तातो तातो फ्रुट टी पिउनकै लागि टाढा टाढाबाट ग्राहकहरु आउने गरेका छन् जुस मण्डलामा ।

जुस मण्डलाले अनलाईन (भोज डिल) मार्फत पनि आफ्ना परिकार तथा जुस उपलब्ध गराउँदै आएको छ । त्यसैगरी एल्लो हाउस फार्म मार्केटमा हरेक आइतबार जुस मण्डलाको जुस उपलब्ध छ । त्यसैगरी, बौद्धस्थित उत्पला क्याफे मा हरेक शनिबार उपलब्ध गराउने गरेको छ ।

ललितपुरकै हार्दिक फिटनेस सेन्टरमा पनि जुस मण्डलाले आफ्नो उत्पादनहरु पुर्याउने गरेको छ । जुस मण्डलाको जुस र अन्य परिकार मन पराएका धेरै ग्राहकहरुले आफ्नो क्षेत्रमा पनि शाखा खोल्न आग्रह गर्दै आएका छन् । भविष्यमा काठमाडौं, ललितपुर, भक्तपुर सहित अन्य क्षेत्रमा पनि यसलाई विस्तार गर्ने योजना रेश्माको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप