बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङ आइचर दुर्घटनाः चालकले लठ्ठ हुने गरी मदिरा पिएका थिए

बुधबार, ०८ माघ २०७६, ११ : ५०
बुधबार, ०८ माघ २०७६

माघ ७ गते मंगलबार धादिङको मैदी भञ्ज्याङमा भएको सवारी दुर्घटनाको कारण चालकले मदिरा सेवन गर्नु रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

धादिङको ढोला मण्डलीमा पूजा गरी फर्किएका ४५ जना यात्रु सवार आइचर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते दुई जनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टर र जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

धादिङको निलकण्ठ नगरपालिका २ भुलभुलेका स्थानीयलाई लिएर ढोला मण्डली मन्दिरमा पूजा गर्न पुगेको उक्त टोली पूजा गरेर फर्कने क्रममा मंगलबार अपरान्ह पौने ४ बजे दुर्घटनामा परेको थियो । दुर्घटनाका प्रतक्षदर्शीका अनुसार चालकले अत्याधिक मदिरा सेवन गर्नुका साथै सवारीको गतिसमेत तीब्र रहेको थियो । तीब्र गतिको आइचर ट्रकले सन्तुलन गुमाउँदा सडकमै पल्टिएको थियो । दुर्घटनामा गाडीका चालक भुलभुलेका सुवास गुरुङसमेत घाइते भएका थिए ।

दुर्घटनापछि प्रहरी र सञ्चारकर्मीसँग कुराकानी गर्दै चालकको लापरवाहीका कारण दुर्घटना भएको घाइतेले बताएका छन् । चालकले मन्दिरमा पूजा गरिसकेपछि अत्याधिक मात्रामा मासु र मदिरा खाएको उनीहरुले बताएका छन् ।

यतिबेला चालकको पनि काठमाडौंस्थित ट्रमा सेन्टरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । 

दुर्घटनामा मृत्यु हुनेहरु:

१. तिलक ब गुरुङ (३५), निलकण्ठ नगरपालिका २ भुल्भुले 

२.पूर्ण नारायण श्रेष्ठ (५२), नीलकण्ठ नगरपालिका २ भुल्भुले

३. बिदुर गुरुङ (२५), नीलकण्ठ नगरपालिका २ भुल्भुले

४. बेल ब गुरुङ (४६), नीलकण्ठ नगरपालिका २ भुल्भुले

५. ध्वज ब गुरुङ (३८), नीलकण्ठ नगरपालिका २ भुल्भुले

६. प्रेम ब गुरुङ (३४), नीलकण्ठ नगरपालिका २ भुल्भुले

७.सेते ब गुरुङ (६५), नीलकण्ठ नगरपालिका २ भुल्भुले

थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएका घाइतेहरु:

१. सूर्य बहादुर घले

२. दिनेश गुरुङ

३. रोशन गुरुङ

४. पूर्ण ब मल्ल

५. कमल ब मल्ल

६. नवीन राई

७. चुमन राना मगर

८. धन ब मल्ल

९. पदम ब गरुङ

१०. नीर ब गुरुङ

११. नारायण श्रेष्ठ

दुर्घटनाका अन्य घाइतेहरु :

१.नीलकण्ठ नगरपालिका २ भुल्भुलेका वर्ष ५६ का शम्सेर गुरुङ

२.नीलकण्ठ नगरपालिका २ भुल्भुले वर्ष ४० को पदम बहादुर गुरुङ

३.नीलकण्ठ नगरपालिका २ भुल्भुले वर्ष ६० की विजुली खड्का

४.नीलकण्ठ नगरपालिका २ भुल्भुले वर्ष ३३ को कमल गुरुङ

५.नीलकण्ठ नगरपालिका २ भुल्भुले वर्ष ४५ को केशव बहादुर गुरुङ

६.नीलकण्ठ नगरपालिका ४ का वर्ष १२ को नवीन ठकुरी

७.नीलकण्ठ नगरपालिका ४ का वर्ष १२ को मन्जित बहादुर ठकुरी

८.नीलकण्ठ नगरपालिका ३ का वर्ष ४१ को लक्ष्मण गुरुङ

९. नीलकण्ठ नगरपालिका ३ सिमभञ्ज्याङका वर्ष ७२ को कृष्ण बहादुरश्रेष्ठ

१०.नीलकण्ठ नगरपालिका ४ का वर्ष ३० को तिलक श्रेष्ठ

११.नीलकण्ठ नगरपालिका ३ बुल्बुलेका वर्ष २० को सुरज गुरुङ

१२.नीलकण्ठ नगरपालिका ४ का वर्ष ४०को पूर्ण मल्ल

१३.नीलकण्ठ नगरपालिका ४ का वर्ष ४२ को कमल बहादुर मल्ल

१४.नीलकण्ठ नगरपालिका ४ का वर्ष ५६ को हरि बहादुर मल्ल ठकुरी

१५.नीलकण्ठ नगरपालिका ४ का वर्ष ४६ को नर बहादुर गुरुङ

१६.नीलकण्ठ नगरपालिका २ का वर्ष ८० को केदार बहादुर गुरुङ

१७.नीलकण्ठ नगरपालिका ४ का वर्ष ७६को पदम बहादुर गुरुङ

१८.नीलकण्ठ नगरपालिका ४ का वर्ष २८को गोकुल गुरुङ

१९.नीलकण्ठ नगरपालिका २ कावर्ष २९ को नहकुल गुरुङ

२०.नीलकण्ठ नगरपालिका २ का वर्ष २० को समन राना मगर

२१.नीलकण्ठ नगरपालिका २ का वर्ष ७१ को भरत गुरुङ

२२.नीलकण्ठ नगरपालिका २ का वर्ष ६१ को होम बहादुरगुरुङ

२३.नीलकण्ठ नगरपालिका ४ का वर्ष ४८झङ्क बहादुर मल्ल

२४.नीलकण्ठ नगरपालिका ४ का वर्ष ३६ को रजेन्द्र ठकुरी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप