शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन: मतदाता प्रदेश राजधानी आउँदै

बुधबार, ०८ माघ २०७६, १३ : ०६
बुधबार, ०८ माघ २०७६

सुर्खेत । बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख÷उपप्रमुख प्रदेश राजधानी सुर्खेत आउने क्रम शुरु भइसकेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशको मतदानस्थल वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा तोकेपछि ७९ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख आउने क्रम शुरु भएको छ । कर्णालीका कतिपय जिल्लाबाट मङ्गलबार नै प्रमुख÷उपप्रमुख वीरेन्द्रनगर आइसकेका छन् ।

 कर्णालीबाट राष्ट्रियसभाका लागि रिक्त महिला एक र अन्य समूहको एक गरी दुई पदका लागि भोलि निर्वाचन हुँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मायाप्रसाद शर्मा र सुमित्रा बिसी तथा नेपाली काँगे्रसले डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतलाई उम्मेदवार बनाएका छन् । 

नेकपाले आज प्रदेश पार्टी कार्यालयमा भेला बोलाएको छ । प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, १० वटै जिल्लाका जनप्रतिनिधि, जिल्ला इञ्चार्ज, सचिवलाई भेलामा बोलाइएको बताए । ‘मतदाता र उम्मेदवारबीच परिचयात्मक अन्तक्र्रियाका लागि भेला बोलाइएको हो,’ उनले भने, ‘अधिकांश मतदाता प्रतिनिधि आइसक्नुभएको छ, केही आजै आइपुग्नुहुन्छ ।’ काँगे्रसले भने मतदातासँग समन्वय गर्ने जिम्मेवारी सम्बन्धित जिल्लाका सभापतिलाई दिएको छ । 

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख मतदाता मण्डल हुन् । कर्णालीमा ४० जना प्रदेशसभा सदस्य तथा १५८ स्थानीय तहका प्रमुख÷उपप्रमुख छन् । नेकपाले ४० मध्ये ३३ प्रदेशसभा सदस्य र १५८ मध्ये ५३ स्थानीय तह जितेको छ । मतभार निकै फरक अन्तर भएकाले कर्णालीमा पनि नेकपाका उम्मेदवार मतदाता, पार्टी नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् । 

यहाँ नेकपाको कूल मत तीन हजार ५६४ तथा काँगे्रसको ९९० मतभार रहेको छ । राप्रपाको ६६ र स्वतन्त्रको १०८ मतभार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप