बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’

बुधबार, ०८ माघ २०७६, १३ : २४
बुधबार, ०८ माघ २०७६

बाँके । यहाँका चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् ।  बाँके जिल्लामा माघ २५ देखि २७ गतेसम्म हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको कूल एकलाख ७३ हजार ७९४ जनसङ्ख्यामध्ये एकलाख ४५ हजारले यो औषधि सेवन गर्ने लक्ष्य लिइएको छ । 

यसपटक औषधि खुवाउन विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ । दुई वर्षभन्दा कम र ७० वर्षभन्दा बढी उमेर समूहका व्यक्ति, गर्भवती र गम्भीर बिरामीबाहेकका व्यक्तिले ढुक्कसँग औषधि सेवन गर्न सक्ने स्वास्थ्यकर्मीले जनाएका छन् । स्थानीय तहले सम्पूर्ण घरमा पुग्नका लागि आवश्यकताअनुसार योजना बनाएर समय निर्धारण गर्न सक्छन् । 

औषधि सेवनपछि रोगको सङ्क्रमण भएका व्यक्तिमा सामान्य असर देखिने भन्दै स्वास्थ्यकर्मीले निर्धक्कसँग औषधि सेवन गर्न सबैमा अनुरोध गरेका छन् । भेरी अस्पतालका डा.खगेनद्रजङ्ग शाह, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, दुर्गा गौतमले औषधि निर्धक्कसँग खान सबैलाई अपिल गरे ।

आधारभूत स्वास्थ्य केन्द्र स्थापना

खजुरा गाउँपालिका–४ को इ–गाउँको चोकमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । यसअघि यो वडाका जनताले कपास विकास समिति नजिक रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिँदै आएका थिए ।  गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले केन्द्रको उद्घाटन गर्दै गाउँपालिकालाई स्वास्थ्य, शिक्षा र खेलकूदका हब बनाउने बताए ।

मन्दिर स्थापना

नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा माता सरस्वतीको मूर्तिसहित मन्दिर स्थापना गरिएको छ । नवनिर्मित मन्दिरको मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आज उदघाटन गरे । 

नेपालगञ्जका उद्योगपति राजेशनारायण श्रेष्ठ र उनकी धर्मपत्नी अञ्जिता श्रेष्ठले आफ्ना हजुरबुबा स्व हरिबहादुर श्रेष्ठ र हजुरआमा स्व.हीरादेवी श्रेष्ठको स्मृतिमा सरस्वती माताको मूर्ति प्राण प्रतिष्ठासहित स्थापना गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप