शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसनबीच सम्झौता

बुधबार, ०८ माघ २०७६, १४ : ३८
बुधबार, ०८ माघ २०७६

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गङ्गाप्रसाद उप्रेती र  एसोसिएसनका तर्फबाट उपाध्यक्ष एगमोन यानिभले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको संयोजनमा तेलअभिभमा भएको कार्यक्रममा  एसोसिएसनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्वइजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो  । सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान, कृतिगत अनुवाद र  साहित्यिक भ्रमणको आदानप्रदानमा सहयोग पु¥याउने विश्वास लिइएको  कुलपति उप्रेतीले बताए । 

ताराको ‘सहारा’ 
मोरङ, बेलबारी नगरपालिकाका उपप्रमुख तारा पराजुलीको प्रेमपरक गीति एल्बम ‘सहारा सार्वजनिक भएको छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको  हो ।  गीतमा शब्द पराजुलीकै तथा सङ्गीत भीम बिसीको छ ।  बिसी र सरु गौतमले गीतमा  स्वर भरेका छन् ।

भिडियोमा दीपक एम सिंहको निर्देशन र पुष्कर सुनुवारको सङ्गीत संयोजन छ ।  छायाङ्कन दीपक गिरी र  सम्पादन अमृत चापागाईँले गरेका छन् । भिडियोमा दिनेश कठायत र रजिना बिष्टको अभिनय छ । यसअघि गीतकार पराजुलीकोे ‘अर्को राजमार्ग’ कविताकृति प्रकाशन भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप