शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तस्करले थापेको पासोमा चितुवा परेपछि...

बुधबार, ०८ माघ २०७६, १४ : ४४
बुधबार, ०८ माघ २०७६

कञ्चनपुर । तस्करले थापेको पासो (धराप) मा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ ।   कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तस्करको पासोमा परेका चितुवाको उद्धारका लागि नेपाली सेनाको सिंहसार्दुल गुल्म भगतपुर, सीमा प्रहरीचौकी ब्रह्मदेव तथा डिभिजन वन कार्यालय कञ्चनपुरको टोली उद्धारमा खटिएको छ । 

भीमदत्त नगरपालिकाले चुरेको फेदमा छाडा गाईवस्तुका लागि निर्माण गरेको गौशालाको रेखदेखमा खटिएका कर्मचारीले चितुवा पासोमा परेको भेट्टाएपछि सोबारे सीमा प्रहरीचौकी ब्रह्मदेवलाई जानकारी गराएका थिए । लगत्तै सेना, प्रहरी र डिभिजन वन कार्यालय कञ्चनपुरको टोली घटनास्थल पुगेको हो ।

वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले प्रारम्भिक अनुसन्धानका क्रममा तस्करले चितुवा मार्न पासो थापेको पाइएको बताए । ‘चितुवा जिउँदै छ, उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोली मगाएका छौँ’, उनले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप