शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२७ वर्षका युवकको वजन ४४४ किलो, आफूलाई सुहाउँदो श्रीमतीको खोजीमा

बुधबार, ०८ माघ २०७६, १५ : ०४
बुधबार, ०८ माघ २०७६

एजेन्सी । २७ वर्षीया पाकिस्तानी वेटलिफ्टर उनको भीमकाय शरीरलाई मिल्ने पत्नीको खोजीमा छन् । 

४४४ केजीका वेटलिफ्टर आफ्नी दुलही कम्तीमा पनि सय किलोको चाहन्छन् तर त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव अस्वीकार गरिसकेका छन् । 

खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्ने अरबाब खिजर हयातले आफ्नो वजनका कारण विवाह हुन नसक्दा हैरान छन् । 

हयातलाईमात्र होइन उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने लाग्छ । तिनको विचारमा दुलाहा दुलहीबीच धेरै भिन्नता भयो भने जोडी जम्दैन ।

परिवार त अझ अरबाबकी दुलहीको उचाई पनि ६ फिट चार इन्च होस् भन्ने चाहन्छ । हयातको उचाई ६ फिट ६ इन्च छ । 

यस अतिरिक्त, युवतीलाई राम्रो खाना बनाउन आउनुपर्छ । हयातले दैनिक हजार क्यारोरी भएको खाना खान्छन् । उनी दैनिक ३६ वटा त अण्डा खान्छन् । 

सबैभन्दा बलियो व्यक्ति बन्ने सपना
हयात आफ्नोबारेमा भन्छन्, ‘मलाई कुनै स्वास्थ्य समस्या छैन । म अहिलेको वजनमा बिलकुल स्वस्थ र सहज महसुस गर्छु । म संसारको सबैभन्दा शक्तिशाली व्यक्तिको नाम लेखाउनको लागि दैनिक अत्यधिक खाना खान्छु । मैले किशोरावस्थामा आफ्नो वजन बढाउन सुरु गरेको थिए ।’

‘यो सिलसिला अझै पनि जारी छ । मलाई सम्पूर्ण पाकिस्तानले चिन्छन्’, हयातले भने ।

हयातले एक ट्रयाक्टरलाई डोरीले बाँधेर तानेको भिडियो भाइरल भएपछि उनी चर्चामा आएका थिए । 

हयातका अनुसार, ‘मेरा आमाबुवा नाती नातिना खेलाउन चाहन्छन् । त्यसैले चाडै मेरो विवाह गराउन खोजिरहेका छन् । अहिलेसम्म तीन सय प्रस्ताव आइसकेको छ तर मेरो शरीर अनुसार जोडी नमिल्ने सोचेर सबै सम्बन्ध तोड्नु प-यो । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप