बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोजको फोन साउदी युवाराजले ह्याक गरेको खुलासा

बुधबार, ०८ माघ २०७६, १८ : १८
बुधबार, ०८ माघ २०७६

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोजको फोन सन् २०१८ मा ‘हयाक’ भएको थियो । उनले फोन कसले ह्याक गरेको थियो भन्नेमा विज्ञबाट अनुसन्धान गराएका थिए । 

अनुसन्धानका क्रममा फोन ‘ह्याक’ हुनुअघि बेजोजको ह्याटएपमा एक म्यासेज आएको र त्यसपछि बेजोजका फोनका अधिकाशं सामाग्री चोरी भएको देखाएको छ ।

ह्याटएपमा पठाइएको म्यासेज साउदी युवराज मोहम्मद बिन सलमानले प्रयोग गर्ने नम्बरबाट आएको पनि तथ्य सार्वजनिक भएको छ । 

उक्त म्यासेजमा गुप्तचर सामाग्रीले विश्वको सबैभन्दा धनाढ्य व्यक्तिको मोबाइलको गोप्य सुचना चोरिएको ‘प्रमाण’ विज्ञले पाएका थिए । यी जानकारी ह्याकको कारण खोज्ने डिजिटल फोरेन्सिकले पत्ता लगाएको हो । 

डिजिटल फोरेन्सिक मुल्याकंनमा बेजोजको मोबाइलमा साउदी युवराजको ह्याटएप एकाउन्टबाट एउटा भिडियो फाइल पठाइएपछि मोबाइलका सामाग्रीमाथि ह्याकरको पहुच पुगेको प्रमाणित भएको बताइएको छ ।

बेजोज वाशिन्टन पोष्टका मालिक हुन् । त्यस पत्रिका स्तम्भकार जमाल खसोग्गी साउदी युवराजका कट्टर आलोचक थिए । मोबाइल ह्याक भएको पाँच महिनापछि खसोग्गीको हत्या भएको थियो ।

भिडियो पठाउनुअघि बेजोज र मोहम्मदले केही समयदेखि ह्वाटएपमा मित्रवत सम्वाद गरिरहेको देखिन्छ । तर त्यही सम्बादबीच सन् २०१८ मे महिनाको पहिलो दिन बिना प्रसंग एक भिडियो पठाएको देखिन्छ । 

त्यसपछि लगतै बेजोजको फोनबाट ठूलो तथ्याकं निकालिएको गार्जियनले एक विश्वस्त सुत्रको उल्लेख गर्दै लेखेको छ । 

घटनाको केही महिनापछि सन् २०१८ अक्टोबरमा बेजोजको पत्रिका वाशिन्टन पोष्टका पत्रकार खशोज्गीको टर्कीस्थित साउदी दुतावासमा हत्या भयो । 

खजोग्गीको हत्याका लागि युवराजले सिधै निर्देशन दिएको पश्चिमी मिडिया तथा टर्कीले आरोप लगाउदै आएका छन् ।

फरक प्रसंगमा सन् २०१९ जनवरीमा नेसनल इन्क्वाइरी नामक ट्याबलोइडमा बेजोजका कैयो अन्तरंग सामाग्री छापिए । 

नेसनल इन्क्वाइरीले बेजोजका अन्तरंग तस्विर बेजोजकी प्रेमिकाबाट रुष्ट रहेको दाईले उपलब्ध गराएको स्पष्टिकरण दिएको थियो । तर बेजोजले ती तस्विर दाईसम्म कसरी पुग्यो भन्ने निष्कर्षमा पुग्न एक विशेष अनुसन्धान गराएका थिए । 

अनुसन्धानले त्यसको सम्बन्ध साउदी राजपरिवारमा गएर जोडिएको देखाएको छ । 

यस प्रकरणले साउदी राजकुमारको छविमा थप धक्का लगाउनेछ । युवराजले पश्चिमा लगानीकर्ताबाट उनको देशमा लगानी आकर्षित गर्नको लागि पछिल्लो समय अघि सारेको योजनामै पनि धक्का पर्न सक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप