शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भलिबलमा विभागीय टोली हावी

बुधबार, ०८ माघ २०७६, १९ : ४६
बुधबार, ०८ माघ २०७६

काठमाडौं । पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विभागीय टोली हावी देखिएको छ । च्याम्पियनसिपको पुरुष र महिला दुवैमा तीनै विभागीय टोली सेमिफाइनलमा पुगेका छन् । पुरुषमा हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा न्यु डायमन्ड क्लब मात्र विभाग बाहिरका टोली सेमिफाइनलमा पुगेका छन् । पुरुषतर्फ त्रिभुवन आर्मी र एपीएफ क्लबबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । 
पुरुषकै अर्को सेमिफाइनलमा नेपाल पुलिस क्लब र हेल्प नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

बुधबार भएको पहिलो क्वार्टरफाइनलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१९, २५–१८, २५–१७ को सोझो सेटमा हरायो ।  एपीएफले बुद्ध टोल भलिबल क्लबलाई २५–१८, २५–१७, २५–११ ले पराजित गर्र्यो । पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई २५–११, २५–९, २५–१२ ले हराउँदै हेल्प नेपालसँगको भेट पक्का बनायो । हेल्प नेपालले बुलबुले रारा क्लबलाई २५–१६, २५–२०, २५–१९ ले पाखा लगायो ।  महिलातर्फ एपीएफ र नेपाल पुलिस तथा न्यु डायमन्ड र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप