शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी हुँदै

बुधबार, ०८ माघ २०७६, १९ : ५२
बुधबार, ०८ माघ २०७६

काठमाडौं । ‘राष्ट्रका लागि परिवर्तन र परिवर्तनका लागि इन्जिनियरिङ’ भन्ने मुल नाराका साथ ११ औँ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी हुने भएको छ ।

पुल्चोक क्याम्पसमा माघ १०, ११ र १२ गते हुने हुने मुख्य सम्मेलनको उद्घाटन भौतिक योजना तथा यातायातमन्त्री बसन्त नेम्वाङले गर्ने आयोजक संस्था सिभिल इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीले जनाएको छ ।  कार्यक्रममा इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित ५० भन्दा धेरै स्टलहरु रहने छन् । स्टलमा निर्माण सामाग्री, भवनका मोडलहरु, पेपर ब्रिज, विभिन्न सिभिल इन्जिनियरिङ डिजाइनगरी इन्जिनियरिङ क्षेत्रलाई समेट्ने सबै खाले स्टलहरु रहने सोसाइटीका अध्यक्ष उत्तम पलले जानकारी दिए ।

आयोजकले प्यानल टक कार्यक्रमअन्तर्गत निजगढ विमानस्थलको विषयमा विज्ञहरुसँग अन्तक्रिया कार्यक्रमहरु समेत गर्ने भएको छ । 

कार्यक्रममा नेपालभरका ३० भन्दा बढी इन्जिनियरिङ कलेजहरुको सहभागीता रहने छ । प्रदर्शनीमा ३० हजार भन्दा बढी इन्जिनियरिङ क्षेत्रका मानिसहरुले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप