समृद्ध राष्ट्र निर्माणमा युवाको नेतृत्वदायी भूमिका हुन्छ : मन्त्री विश्वकर्मा
युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले समृद्ध राष्ट्र निर्माणमा युवा परिचालन आवश्यक रहेको बताएका छन् । उनले असल समाज निर्माणमा स्काउट अभियानले सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।
पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित नेपाल स्काउटको प्रदेश नं ५ स्तरीय आधारभूत तालीमको आज समापन गर्दै मन्त्री विश्वकर्माले भने, “अबको ध्यान समृद्ध राष्ट्र निर्माण गर्नु हो, युवाको परिचालनबाटै यो सम्भव छ र युवा असल समाज निर्माणमा जुट्नुपर्छ ।”
मन्त्री विश्वकर्माले स्काउट अभियानलाई स्थानीय तह र विद्यालय तहसम्म पु¥याउन पनि आग्रह गरे ।
अभियान सफल पार्न सरकारले सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो । यस्तै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सार्थक बनाउन युवा नयाँ ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो । स्काउट अभियानलाई गाउँगाउँमा पु¥याउन प्रधानमन्त्रीको विशेष चासो रहेको उनले बताए ।
माघ ३ गतेदेखि सञ्चालित तालीममा प्रदेश नं ५ का १०९ वटै पालिकाबाट ६४३ प्रशिक्षार्थी र ११० प्रशिक्षकको सहभागिता रहेको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले राससलार्ई जानकारी दिए अब स्काउटलाई सबै स्थानीय तह तथा विद्यालयमा गठन गरिने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै