शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महानगरीय प्रहरी कार्यालयमा ‘नागरिक सहजकर्ता सेवा’को सुरुवात

बुधबार, ०८ माघ २०७६, २२ : ०३
बुधबार, ०८ माघ २०७६

काठमाडौं । महानगरीय प्रहरी कार्यालयले उपत्यकाका प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि ‘नागरिक सहजकर्ता सेवा’को शुरुआत गरेको छ । प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निष्पक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यकास्थित मुद्दा चल्ने प्रहरी कार्यालयमा कार्यालय समयमा नागरिक सहजकर्ताको सेवाको शुरुआत गरिएको प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । 

‘प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सहजीकरणका लागि आजदेखि नै नागरिक सहजकर्ताको ब्याच लगाई कार्यालयको प्रवेशद्वारमा नागरिकलाई सेवा दिने गरी बस्ने व्यवस्था मिलाएका छौँ’, उनले भने । कार्यालय प्रमुख पोखरेलले प्रहरीले नागरिकलाई दिने सेवा सहज, सरल, समान, पारदर्शी, निष्पक्ष र छिटोछरितो हुनुपर्ने बताए । नागरिकलाई परेको पिरमर्का आफूलाई नै परेको सरह सम्झी काम गर्नुपर्ने उनको भनाइ थियो । 
  
नागरिक सहजकर्ताको सेवा आजदेखि उपत्यकाका तीनवटै परिसर, महानगरीय ट्राफिक प्रहरी महाशाखा, ललितपुर र अपराध महाशाखा, उपत्यकाका सबै वृत्त तथा प्रभागमा शुरुआत गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप