नवलपरासीमा चक्कु प्रहार गरिएका युवकको मृत्यु, हत्या अभियोगी पक्राउ
बुटवल । दुई दिनअघि नवलपरासीमा एक युवकद्धारा चक्कु प्रहार गरिएका अर्का युवकको ज्यान गएको छ । मंगलवार राती साढे ११ बजेको समयमा नवलपरासीको सुनवल नगरपालिका ३ कीर्तिपुरका २० वर्षीय महादेव पुनले कास्कीको पोखरा महानगरपालिका वडा नम्वर १ बगर बस्ने अन्दाजी २३ वर्षीय संजोक गुरुङ्ग र सोही स्थान घर भएका अन्दाजी २४ वर्षीय जगदिश गुरुङ्गलाई चक्कु प्रहार गरेका थिए ।
तीमध्ये जगदिश गुरुङ्गको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बुधवार मृत्यु भएको हो । घाइते भएका अर्का संयोग गुरुङ्ग भने डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाका अनुसार त्यसदिन राती सुनवल–३, कीर्तिपुरको भित्री सडकमा ग १२ प ३६४० नम्बरको मोटरसाईकलमा गुरुङ्गद्धय सवार थिए ।
संयोग गुरुङ्ग मोटरसाइकलको पछाडी बसेका थिए भने जगदिश गुरुङ्गले मोटरसाइकल चलाएका थिए । कीर्तिपुरको भित्री सडकमा मोटरसाईकल चलाउँदै पुगेका उनीहरु दुबै जनालाई चक्कु प्रहार गरि फरार भएका थिए । त्यसको सूचना पाउनासाथ ईलाका प्रहरी कार्यालय सुनवलले पुनलाई उनकै घरबाट पक्राउ गरेको थियो । निजविरुद्ध अदालतमा कर्तब्य ज्यान मुद्धा दर्ता गरिएको डिएसपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा