शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सहकार्य

बिहीबार, ०९ माघ २०७६, १६ : १४
बिहीबार, ०९ माघ २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सम्झौता भएको छ । 

उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । 

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तील बहादुर गुरुङ्ग र रेमिट टु नेपालका प्रबन्ध निर्देशक सन्तोष भेटवालले हस्ताक्षर गरेका छन् ।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा बैंकको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप