शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रियसभा निर्वाचन : प्रदेश ५ मा ३ सय ३ मत खस्यो

बिहीबार, ०९ माघ २०७६, १७ : ३६
बिहीबार, ०९ माघ २०७६

बुटवल । प्रदेश ५ मा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि भएको मतदानमा तीन सय ३ मत खसेको छ । कुल तीनसय पाँचजना मतदातामध्ये तीनसय ३ मतदाताले मतदान गरेका हुन् । प्रदेश नं. ५ का ८७ प्रदेशसभा सदस्यमध्ये ८६ जनाले मतदान गरेका छन् । प्रदेश ५ का नेपाली काँग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको थियो । यस्तै एक उपाध्यक्ष पनि मतदान गर्न अनुपस्थितभएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै प्रदेश नम्बर ५ भित्रका १२ जिल्लाका एकसय ९ स्थानीय तह प्रमुख र उपप्रमुख गरि दुईसय १८ मध्ये दुईसय १७ जनाले मतदान गरेका छन् । बाँकेको नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती श्रीवास्तवले मतदान नगरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्यका लागि ३ जना सदस्य चुन्नका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान भएको हो ।

मतदानका लागि ३ वटा मतपत्रको व्यवस्था गरिएको थियो । प्रदेश नम्बर ५ मा ३ सदस्यका लागि ४ राजनीतिक दलका ९ जना प्रतिस्पर्धामा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ३, नेपाली काँग्रेसका ३, संघीय समाजबादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका तर्फबाट १ जना राष्ट्रियसभा सदस्य पदका लागि प्रतिस्पर्धामा रहेका छन् ।

महिला, अल्पसंख्यक अपांग र अन्य क्षेत्रबाट गरी प्रदेश नम्बर ५ बाट तीन जना सदस्य निर्बा्चित हुने भएका छन् । प्रदेशसभा सदस्य र स्थानी तहका प्रमुख उपप्रमुखलाई छुट्टा छुट्टै दुई मतदान केन्द्र तोकिएको र चार वटा लाइनको व्यवस्था गरिएको थियो । मत परिणाम आजै सार्वजनिक गर्नेगरी गणनाको तयारी भएको निर्वाचन आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप