शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

४ हजार घुससहित एक जना पक्राउ

बिहीबार, ०९ माघ २०७६, १८ : ३९
बिहीबार, ०९ माघ २०७६

जिल्ला प्रशासन कार्यालय सप्तरीको मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी (करार) केशव कुमार यादव ४ हजार घुससहित पक्राउ परेका छन् । 

 अभद्र व्यवहार मुद्दा पेशीमा राखी टुंग्याइने भन्दै घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ । 

घुस रकम लिइसकेको अवस्थामा यादवकै  कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप